राजनीति
चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई उछिनेकी छन् । बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि रेणु दाहाल मतान्तर घटाउँदै अघि बढेकी थिइन् ।
अहिले पछिल्लो मतपरिणामअनुसार उनले ज्ञवालीलाई ५७ मतले पछि पारेकी छन् । अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ । अहिलेसम्म भरतपुरमा २ हजार मतगणना सम्पन्न भएको छ । रेणुले ४२५८९ र देवीले ४२५३२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४ १९:२०
प्रतिक्रिया दिनुहोस्