site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चिकित्साशास्त्र शिक्षामा रहेका विकृति र विसंगति अन्त्यको माग गर्दै सत्याग्रह गर्दै आएका प्राध्यापक डा. गोविन्द केसीको जीवन जोगियोस् भन्ने हो भने अब प्रधानमन्त्री शेरबहादुर देउवाले नै दह्रो हस्तक्षेप गर्नुको विकल्प छैन । सरकारले पटकपटक बेइमानी गरेका कारण नै प्रा. केसीले एघारौंपटक अनशन गर्नुपरेको हो । डा. केसीको जीवन रक्षाका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले शुकवार प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिका सभापतिलगायत सरोकारवालाको बैठक बोलाएका थिए ।  बैठकमा एमाले अध्यक्ष ओलीको भूमिका सहयोगी नरहेको समाचार बाहिर आएको छ । अध्यक्ष ओलीले उनकै सरकारका पालामा प्रस्तुत चिकित्सा शिक्षा विधेयकमा राखिएका संशोधनहरू फिर्ता लिन अस्वीकार गरे । अर्कातिर, नागरिक समाज र चिकित्सकहरूको असन्तुष्टि र उद्वेलन बढ्दै गएको । शनिवार पूर्व प्रधान न्यायाधीश   सुशीला कार्कीलगायत समाजका विख्यात सदस्यहरू सडकमा डा. केसीको समर्थनमा उत्रेका छन् । यसैले प्रधानमन्त्री देउवाका सामु डा. केसीको अनशन अन्त्यका लागि विवेक प्रयोग गरेर अन्तरात्माको आवाज सुनेर निर्णायक कदम चाल्नुको विकल्प छैन ।  


उनका सबै माग पूरा हुनै पर्छ भन्ने आग्रह डा. केसी र उनका सहयोगीले पनि राख्नु हुँदैन । संसद्को प्रमुख विपक्ष उनका प्रमुख मागहरू पूरा हुन नदिन कृतसंकल्प देखिएको छ । संसद्मा भएका अरू पार्टीका केही नेतासमेत पनि मेडिकल माफियाको स्वार्थ रक्षामा लाजै नमानी उत्रेका छन् । संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन वा पारित भए पनि त्यसलाई अर्थहीन बनाउने उद्देश्य राखेर दफैपिच्छे अनेकौं संशोधन प्रस्ताव गरिएको छ । डा. केसीको अगिल्लो अनशनमा सरकारले काठमाडौं उपत्यकामा नयाँ कलेज नखोल्ने र एमाले नेताहरूको स्वामित्वमा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारले किन्ने सहमति गरेको थियो । तर, एमाले अध्यक्ष ओलीले मूलतः यी दुवै बुँदामा असहमति प्रकट गरे । यसैले विपक्षबाट सहयोग पाउने अपेक्षा नै नराखे हुने देखिन्छ ।  डा. केसीको स्वास्थ्यसँग समाजको मनःस्थिति पनि जोखिमपूर्ण हुँदैगएको छ । सरकारसँग अहिले नयाँ विवाद सामना गर्ने समय छैन । यसैगरी, डा. केसीको अनशनलाई उपेक्षा गर्नु पनि सरकारलाई निकै महँगो पर्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सत्तारूढ दलसँग संसद्मा स्पष्ट बहुमत छ । प्रधानमन्त्री संसद्का नेता हुन् । यसैले उनले सबैभन्दा पहिले सत्तारूढ दलका सांसदहरूलाई डा. केसीको जीवन रक्षाका लागि सहमत गराउन सक्नुपर्छ । त्यसपछि सरकारले पुराना सहमतिअनुसार गर्नुपर्ने सबै काम इमानदारीसाथ गर्ने विश्वास दिलाउन सक्नुपर्छ । डा. केसीले पनि अनशन अन्त्य गर्न प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूको गरेको आग्रह स्वीकार गर्नुपर्छ । प्रधानमन्त्रीको आग्रह अस्वीकार गरेर पछि सामान्य कर्मचारीको विश्वासमा अनशन अन्त्य गर्ने विसंगति यसपटक दोहोरिन दिनु हुँदैन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा संसद्मा प्रस्तुत गरिएको विधेयक पारित गर्ने र डा. केसीसँग भएको समझदारी कार्यान्वयन गर्ने हो भने उनलाई अनशन अन्त्य गर्न आग्रह गर्न नैतिक शक्ति प्राप्त हुनेछ । सरकार आफ्ना मागप्रति गम्भीर र इमानदार भएको विश्वास डा. केसीलाई दिलाउन सके उनले पनि अनशनको अन्त्य गर्नुपर्छ । डा. केसीका मागहरूप्रति प्रधानमन्त्री देउवा सकारात्मक भएरमात्र पुग्दैन । उनले निर्णायक हस्तक्षेप गर्नुपर्छ । कुनै अनीष्ठ भयो भने त्यसको जिम्मेवारी मूलतः प्रधानमन्त्री देउवाले नै लिनुपर्छ । त्यति बेला मेडिकल माफिया र त्यसका संरक्षकहरूलाई दोष दिन पाइनेछैन ।   


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC