site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा रेणु मतान्तर घटाउँदै, देवी १५३ मतले अघि
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणमा माओवादी केन्द्रले मतान्तर घटाउँदै लगेको छ । एमाले अहिले १५३ मतले मात्रै अगाडि छ ।  वडा नम्बर १९ को मतगणना सकिएपछि सुरु भएको २० नम्बर वडाको मतगणनामा ८०३ मत गणना हुँदा मतान्तर १५३ कायम भएको हो । २० नम्बरमा ३ हजार ३०२ मत खसेको छ । 

माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालको मत ४२ हजार ४८ छ भने एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार २ सय १ रहेको छ ।
१९ को मतगणना सकिँदा एमाले २२१ मतले अगाडि थियो । १९ मा २ हजार ८७० मत खसेकोमा माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले १ हजार ५२९ मत र एमालेका देवीप्रसाद ज्ञवालीले ९६६ मत प्राप्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा नम्बर १८ को गणना सकिँदासम्म ज्ञवाली माओवादी–कांग्रेस गठवन्धनकी उमेदवार रेणु भन्दा ७८४ मतले अगाडि थिए ।

गत जेठ १४ गते वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।
निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।
भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत (२ हजार ८७० ) मत खसेको छ । यो यस अगाडि खसेको मत भन्दा २७ मत कम हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC