site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१९ नम्बरको मतगणना सकियोः एमाले २२१ मतले अगाडि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ । १९ को मतगणना सकिँदा एमाले २२१ मतले अगाडि छ । १९ मा २ हजार ८७० मत खसेकोमा माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले १ हजार ५२९ मत र एमालेका देवीप्रसाद ज्ञवालीले ९६६ मत प्राप्त गरे । 

वडा नम्बर १८ को गणना सकिदासम्म ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उमेदवार रेणु भन्दा ७८४ मतले अगाडि थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत जेठ १४ गते वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

Global Ime bank

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत (२ हजार ८७० ) मत खसेको छ । यो अयस अगाडि खसेको मत भन्दा ५७ मत कम हो । 

वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उमेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए । 

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । 
अन्तिम नतिजा शनिबार अपरान्हभित्रै सार्वजनिक हुन सक्ने बताइएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC