site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरमा मतान्तर घटाउँदै रेणु, २७१ मतले एमाले अगाडि
Ghorahi CementGhorahi Cement

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना कार्य जारी छ । जारी मतगणना अनुसार २००७ मत गन्दा माओवादी केन्द्रले मतान्तर घटाएको छ । माओवादी अहिले २७१ मतले पछि छ ।  

यो मतसँगै एमालेको तर्फबाट मेयर उमेदवार देवी ज्ञवालीले ४१ हजार ७७४ मत ल्याएका छन् । माओवादी/कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४१ हजार ५०३ मत छ ।
चार समूह बनाएर गणना भइरहेको छ । मतगणस्थलमा सबै पार्टीबाट चार÷चार जना प्रतिनिधिलाई बस्न दिइएको छ ।

Agni Group

सुरक्षा व्यवस्था कडा पारिएको मतगणना स्थलमा दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तार जालीले बेरिएको छ भने निगरानीका लागि सीसी टिभी जडान गरिएको छ । 
गत जेठ १४ गते वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

Global Ime bank

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत (२ हजार ८७० ) मत खसेको छ । यो अयस अगाडि खसेको मत भन्दा ५७ मत कम हो । 

वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उमेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए । 

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । अन्तिम नतिजा शनिबार अपरान्हभित्रै सार्वजनिक हुन सक्ने बताइएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC