site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर महानगर १९ नम्बर वडामा १२०६ मत गणनाः  रेणु १७१ मतले अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना कार्य जारी छ । खेलकुद कभर्ड हलमा भइरहेको मतगणना अनुसार १२०६ मत गन्दा माओवादी केन्द्र १७१ मतले अगाडि छ । 

यो मतसँगै एमालेको तर्फबाट मेयर उमेदवार देवी ज्ञवालीले ४१ हजार ४१८ मत ल्याएका छन् । माओवादी÷कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार ८०५ मत छ ।
चार समूह बनाएर गणना भइरहेको छ । मतगणस्थलमा सबै पार्टीबाट चार÷चार जना प्रतिनिधिलाई बस्न दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षा व्यवस्था कडा पारिएको मतगणना स्थलमा दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तार जालीले बेरिएको छ भने निगरानीका लागि सीसी टिभी जडान गरिएको छ । 
गत जेठ १४ गते वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

Global Ime bank

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत (२ हजार ८७० ) मत खसेको छ । यो अयस अगाडि खसेको मत भन्दा ५७ मत कम हो । 

वडा नम्बर २० को  पनि ३ हजार ३०२ मत गणना गर्न बाँकी छ । वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उमेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए । 

भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । अन्तिम नतिजा शनिबार अपरान्हभित्रै सार्वजनिक हुन सक्ने बताइएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC