site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. केसीका मागबारे छलफल गर्न शीर्ष नेता एकैठाउँ, अनशन तोड्न प्रधानमन्त्रीले आग्रह गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने भएको छ । 

गोविन्द केसीको माग, माथेमा आयोगको प्रतिवेदन बमोजिम संसदले ऐन बनाउने काम अगाडि बढाइसकाले अनशन बस्न जरुरी नरहेको बैठकले ठहर गरेको हो । केसीलाई सरकारको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नै अनशन तोड्न आग्रह गरिने सहमति शीर्ष नेताबीच भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बसेको प्रधानमन्त्री देउवाको आह्वानमा भएको बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माथेमा आयोगका प्रतिनिधि, पूर्वशिक्षामन्त्री, स्वास्थ्य मन्त्रीहरुसहितको बैठक बसेको थियो । 

बैठकाले चिकित्साशास्त्र शिक्षा सम्बन्धि विधयेकमाथि संसदमा छलफल चलिरहेकाले सार्वभौमसत्ता सम्पन्न संसदलाई चुनौती दिने गरी एक जना व्यक्ति अनशन बस्न जरुरी नरहेको निस्कर्ष निकालेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए । 

Global Ime bank

श्रेष्ठकाअनुसार माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षालाई व्यवस्थित गर्नेगरी नै ऐन छिटो बनाउन सबै दल सहमत भएको बताइएको छ ।

यसअघि सरकारसँग विभिन्न माग राख्दै आएका केसी ११ औं पटक ऐनको विधयेक संसदमै अल्मलिएको र विगतमा भएका सहमतिको भावना विपरित ऐन बनाउन लागिएको भन्दै अनशन बसेका हुन् ।

बैठकले केसीको स्वास्थ्यप्रति विशेष चाँसो दिँदै उक्त विधयेकलाई प्रथामिकताका साथ संसदमा अगाडि बढाउने समझदारी गरेको सचिव श्रेष्ठले जानकारी दिए । श्रेष्ठ सरकारको तर्फबाट अनशनरत केसीसँग वार्ता गर्न बनेको सतितिका संयोजक समेत हुन्े ।

यी हुन् केसीका प्रमुख माग 
मागहरु
१ चिकित्सा शिक्षा ऐन हामीले दिएका सुझावसहित तत्काल पारित गरियोस् । 
२ विद्यार्थी भर्ना, शुल्क र सिटसम्बन्धी आइओएमबाट कटौती गरेर त्रिविमा लगिएका अधिकारहरु तत्काल फिर्ता गरियोस् साथै आइओएमलाई थप स्वायत्तता दिने सम्झौता कार्यान्वयन गरियोस् । आइओएममा सहायक डिन र क्याम्पस प्रमुख पदमा तत्काल डिनको सिफारिशअनुसार नियुक्ति गरियोस् । त्रिवि उपकुलपति तीर्थ खनियाँलाई तत्काल बर्खास्त गरियोस् । माफियाको निर्देशनमा शुल्क तोक्ने त्रिवि कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गर्दै फ्याकल्टी बोर्डले तोकेको शुल्क कायम गरियोस् । 
३ लोकमान सिंह कार्कीमाथि संसदले पठाएको छानविन प्रतिवेदन मन्त्री परिषद्बाट पारित गरी तत्काल कार्यान्वयन गरियोस् । 
 
   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC