site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के छ ‘वीर विक्रम’ मा ? (ट्रेलरसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘वीर विक्रम’ यही भदौ तीन गते शुक्रबारबाट रिलिज हुने भएको छ । केही अहिलेको चल्तिका स्टार कलाकार र केही नयाँ अनुहारलाई समेटेर बनाएको चलचित्र शुक्रबारबाट काठमाडौं भित्र र बाहिर एकैसाथ प्रदर्शनमा आउन लागेको हो । 
मिलन च्याम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ्ग राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, शिशिर राना, वसन्त भट्टको मुख्य अभिनय रहेको छ । 
रामेछापका विभिन्न ठाउँका छायांकन गरिएको चलचित्रको लगानी करिब एक करोड रहेको निर्माता तथा निर्देशक मिलन च्याम्सले जानकारी दिए । “पूर्णतया नेपाली विषयबस्तुमा आधारित मनारञ्जनात्मक चलचित्र हो, वीर विक्रम,” मिलनले भने,“यो पूर्ण व्यवसायिक चलचित्र हो । चलचित्र हेरुन्जेल दर्शकलाई बोर फिल हुँदैन ।”
“साथित्व, मातृत्व साथीका लागि साथीले गर्ने सम्झौता, माया पे्रम मेरो चलचित्रको मुख्य विषयबस्तु हो,” उनले भने, “यो सँगै स्थानीय विषयलाई पनि समेटेको छु । विकट ग्रामीण परिवेशका जिन्दगीको भोगाइहरु पनि समावेश गरेको छु ।”
शुक्रबारका लागि रिलिज डेट लिएको चलचित्र काठमाडौं उपत्यका भित्र र बाहिर गरी ७५ वटा हलमा एकैपटक रिलिज हुँदैछ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३२, २०७३  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC