site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मतगणनास्थलमा जाली ! सुरक्षा व्यवस्था कडा
Ghorahi CementGhorahi Cement

चितवन । पहिलो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन कार्यालय चितवनले जाली लगाएर मतगणना गर्दैछ ।

त्यसका लागि गणनास्थलमा जाली लगाइसकिएको छ । खेलकुदको कभर्ड हलभित्र मतगणना गर्ने र राजनीतिक दलका प्रतिनिधि रहने बीच भागमा जाली लगाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका हरि अधिकारीले जानकारी दिए ।

जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेका बेला नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र नै च्यातेपछि जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

Agni Group

राजनीतिक दलको बैठकपछि रातिदेखि नै हुँदैछ  । सर्वदलीय  बैठकले यस्तो  निर्णय गरेको हो ।

यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।

Global Ime bank

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो ।  जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खसेको छ ।

वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । हिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।

पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC