राजनीति
काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले साउन ३१ गते नै समयावधीभित्र आफ्नो प्रतिवेदन बुझाउने बताएको छ ।आयोगले शुक्रबार सिँहदरबारमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
क्षेत्र निर्धारण आयोगले अहिलेसम्म विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरे पनि अबको समय प्रतिवेदन लेखनमा बिताउने जनाएको छ ।
आयोगका प्रवक्ता तथा सदस्य गणेशराज कार्कीले क्षेत्र निर्धारण आयोगसँग रहेको बाँकी ११ दिनमा प्रतिवेदन लेखेर सरकारलाई समयभित्रै बुझाउने पनि जानकारी गराए ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४ १८:०२
प्रतिक्रिया दिनुहोस्