site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा पुनः मतदान सकियो, पहिलेभन्दा २७ मत कम खस्यो
Sarbottam CementSarbottam Cement

चितवन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।
भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो ।  जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५५ प्रतिशत मत खसेको छ ।

वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । पहिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

Global Ime bank

यसैबीच निर्वाचन कार्यालयले आजैदेखि नै मतगणना सुरु गर्ने तयारी गरेको छ । तर राजनीतिक दलहरुबीचको छलफलपछि गणनाका बारेमा निर्णय हुने भएको छ ।
निर्वाचन कार्यालयले रातिदेखि नै मतगणना गर्ने गरी तयारी थालेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC