site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए ।
एक प्रश्नको जवाफमा उनले नेपाली काँग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए ।

प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गरे ।  उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे ।  निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट गरे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC