site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै किन दिइन् राजीनामा ?
Sarbottam CementSarbottam Cement

बीबीसी । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डरसनले नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् ।

एन्डरसन बुधबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर, उनको गठबन्धन सरकारको साझेदारले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र उनको बजेट पारित हुन सकेन ।

“मैले सभामुखलाई राजीनामा दिन चाहेको बताएकी छु,” एन्डरसनले पत्रकारसितलाई भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको गठबन्धन साझेदार ग्रीन्स पार्टीले ‘चरम–दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको’ बजेट स्वीकार गर्न नसकिएको जनाएको छ ।

एन्डरसनले आफू फेरि एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन प्रयास गर्नेे बताइन् । “कुनै एक पार्टीले समर्थन फिर्ता लिएपछि गठबन्धन सरकारले राजीनामा दिने संवैधानिक अभ्यास रहेको छ,” उनले बुधबार भनिन्, “म वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ ।”

Global Ime bank

संसद्का सभामुखले आगामी कदममाथि आफूले पार्टी नेताहरूसँग छलफल गर्ने बताएका छन् ।

एन्डरसन बुधबार सबैरै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । स्वीडिस कानुनानुसार प्रधानमन्त्री हुन बहुमत सदस्यले विपक्षमा मतदान नगरिदिए पुग्छ ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०० वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्र्याट नेता एन्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसदहरूले उठेर ताली बजाएका थिए ।

संसद्का ३४९ सांसदमध्ये १७४ जनाले उनको विपक्षमा मतदान गरेका थिए । ११७ सांसदको समर्थन र ५७ सांसद तटस्थ बसिदिएकाले उनले एक मतले जित हासिल गरिन् ।

उनले सन् १९९६ मा तत्कालीन प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा राजनीतिक जीवन सुरु गरेकी थिइन् । उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC