site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देवी ज्ञवाली भन्छन्– सत्ताको दुरुपयोग, हाम्रो न्यायाधीश जनता
Ghorahi CementGhorahi Cement

काठमाडौं । भरतपुर महानगपालिका–१९ को जारी निर्वाचनमा सत्तापक्षले राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै आफूहरुको न्यायाधीश अब जनता नै भएको बताएका छन् ।

उनले चुनावको दिनमा पनि सत्तापक्षले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

मतदान केन्द्र अवलोकन गर्दै शारदानगर पुगेका ज्ञवालीले एमालेका उमेदवार चढेका गाडी नै वद्नियतपूर्वक रोकिएका, निर्वाध आवतजावतमा रोक लगाइएको भए पनि राज्यपक्षले आफ्ना कार्यकर्ता ओसारेर ‘नग्नता’ प्रकट गरेको बताएका छन् ।

Agni Group

“निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको छ । प्रहरीले पनि हामीमाथि पूर्वाग्रह राखेको देखियो । तथापि एमालेको पक्षमा लहरै आएको,” उनले भने ।

उनले अन्तिम न्यायाधीश जनता रहेको भन्दै उनले जानाजानी भएको अन्यायमा जनता मुकदर्शक नबन्ने टिप्पणी गरे । जनताको फैसलाले एमालेलाई न्याय दिने दाबी उनको थियो ।

Global Ime bank

त्यस्तै एमाले जिल्ला अध्यक्ष एवम् कृष्णभक्त पोखरेलले पनि जनताको फैसला अन्तिम हुने जिकिर गरे । अदालतको फैसला जनभावनाविपरित आए पनि जनताले त्यसलाई सच्याउने जिकिर उनको थियो । उनले पनि कांग्रेस–माओवादी केन्द्र गबन्धनकी साझा उमेदवार रेणु दाहाले आचारसंहिता उलङ्घन गरी मतदाता प्रभावित पार्न खोजेको आरोप लगाए । “यो सबै हतकण्डा मतदाताले राम्रोसँग बुझेका छन् । एमालेको जित सुनिश्चित छ,” उनको भनाइ थियो ।

यसैबीच चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ ।  बिहान ७ बजेदेखि नै सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा भैरहेको छ ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ ।सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।  किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ८९७ मतदाता छन् । 

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आजका लागि मिति तोकिएको थियो ।

बिहान वर्षा भए पनि मतदान भने रोकिएन । वैशाख ३१  गते भएको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो । 

सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो ।

वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता रहेका छन् । तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।  मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले  ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC