site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपा बहसः चुनावमा जान पैसा छैन, जनताले कसरी पत्याउँछन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी असोज २ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने आन्तरिक छलफलमा जुटेको छ ।

पार्टी कार्यालय बबरमहलमा बुधबारदेखि जारी पदाधिकारी बैठकमा आगामी निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने बारेमा छलफल भैरहेको एक नेताले जानकारी दिए ।
आन्तरिक विवादमै रहेको राजपामा चुनावमा जाँदा आवश्यक खर्च कसरी जोहो गर्ने भन्ने विषयमा पनि अनौपचारिक छलफल भएको एक शीर्ष नेताले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजपाको अहिले चलिरहेको पदाधिकारी बैठकमा असोजको लागि तोकिएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा जानुपर्ने दबाब बढिरहेको ती नेताको भनाई छ तर अध्यक्ष मण्डल भने खर्चको पिरले चुनावमा गइहाल्ने परिस्थितिमा नदेखिएको उनले बताए ।

“अहिले हामी चुनावमा गयौं भने जनताले हामीलाई भोट दिने अवस्था पनि छैन किनकी संविधान संशोधन हाम्रो मुख्य एजेण्डा हो । हामीले उठाएको एजेण्डा पारित पनि भएको छैन । संविधान संशोधन चुनावअघि हुने अवस्था पनि देखिँदैन । अहिले चुनावमा जाँदा ठूला दलसँग प्रतिष्पर्धा गर्न हामीसँग प्रशस्त पैसा पनि छैन । सरकारमा नभएकाले हामीसँग कुनै मन्त्रालय पनि छैन,” ती नेताले बाह्रखरीसँग कुरा गर्दै भने ।

Global Ime bank

राजपा संचालनको खर्च अहिले अध्यक्ष मण्डलमा रहेका नेताहरुले नै बेहोरेको उनले बताए । तर राजपाका नेता केशव झाले अहिले चुनावमा जाने कि नजाने भन्ने निर्णय नै नभएकाले खर्चको कुरै नभएको बताए ।

उनले पदाधिकारी बैठकमा पनि खर्चका बारेमा कुरै नभएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC