site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर १९ मा मतदान जारी, ५ बजेसम्म मतदान 
Sarbottam CementSarbottam Cement

चितवन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा भैरहेको छ ।
भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ ।सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।  किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ८९७ मतदाता छन् । 

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आजका लागि मिति तोकिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहानैदेखि वर्षा जारी रहे पनि मतदान रोकिएको छैन ।  वैशाख ३१  गते भएको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो । 

Global Ime bank

सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो ।
वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता रहेका छन् ।

तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।  मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले  ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC