site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्णायक मानिएका कांग्रेस मतदाताको मत कता जाला ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । मतदान भएको साढे २ महिनापछि आज भरतपुर १९ नम्बर वडाको पुनः मतदात जारी छ ।  सर्वोच्च अदालतको फैसलापछि मतदान सुरू भएको हो । मतदानपछि भरतपुरले पनि आगामी साता जनप्रतिनिधि पाउने भएको छ । 

२९ वडामध्ये २७ वटा वडाको अन्तिम नतिजा आइसकेको भरतपुरमा एमालेका मेयरका उमेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका थिए भने कांग्रेस समर्थित माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।

दुई वडाको मतगणना बाँकी छँदा उनीहरुबीचको मतान्तर ७८४ मात्रै भएकाले बाजी कसले मार्ला भन्ने आँकलन गर्न कठिन देखिएको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् । तर २७ वडाको नतिजाको आँकडा हेर्दा अहिलेसम्म दुवै उमेदवारको जित कांग्रेसको मतमा निर्भर छ । 

Agni Group

मतगणना सम्पन्न वडाको तथ्यांकलाई हेर्दा माओवादी उमेदवार दाहालले कांग्रेसको करिब १९ हजार मत पाएकी छन् भने एमाले उमेदवार ज्ञवालीले ६ हजार मत पाएका छन् । त्यसैले पनि यो वडामा रहेका कांग्रेस मतदाताको मत यसपटक पनि बाँडिने निश्चित छ । तर उक्त मत कुन उमेदवारलार्इ जाला भनेर भन्न समस्या छ । कांग्रेसका प्रभावशाली नेताहरू बालकृष्ण खाँण र प्रकाशशरण महत लगायतका नेताहरू केहीदिनदेखि भरतपुरमा कांग्रेस मतदातासँगै छन् । 

कांग्रेस, एमाले र माओवादीका २७ वटै वडा अध्यक्षका उमेदवारले प्राप्त गरेको मतका आधारमा  पनि कसले बाजी मार्ला भनेर भन्न गाह्रो देखिएको  छ ।

Global Ime bank

२९ मध्ये २७ वडाका एमालेका अध्यक्षका उमेदवारले ल्याएको मत ३५ हजार २१४ रहेको छ । ती वडाबाटै एमाले उमेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरे । जसले गर्दा बाँकी मत उनले कांग्रेस कार्यकर्ताबाट प्राप्त गरेको देखिन्छ । 

ती २७ वडामा कांग्रेसका वडा अध्यक्षका उमेदवारले जम्मा मत ३५ हजार २ सय २ मत ल्याएका छन् । ६ हजार मत एमाले उमेदवार ज्ञवालीलाई दिएका ती वडाका कांग्रेस कार्यकर्ताको बाँकी करिब १९ हजार मत केन्द्रीय तहबाटै समर्थन गरेको माओवादी उमेदवार रेणु दाहाललाई गएको छ । त्यसैले पनि यो वडामा खस्ने कांग्रेस कार्यकर्ताको मत नै निर्णायक हुन सक्छ । मेयरमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको छ । गठबन्धन भए पनि सबै मतदाताले दाहाललार्इ मत दिएको देखिँदैन ।   

माओवादीका २७ वटा वडामा अध्यक्षका उमेदवारले २० हजार ६९५ मत प्राप्त गरेका थिए । सो मत माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालकी छोरी समेत रहेकी रेणुले प्राप्त गरिन् । 

अर्को रोचक पक्ष के छ भने माथि उल्लेखित २७ वडाको कांग्रेस र एमालेका वडा अध्यक्षको उमेदवारको जम्मा मतान्तर १२ मात्रै छ । यसबाट भरतपुरमा कांग्रेस र एमालेकै उमेदवार भएको भए पनि प्रतिस्पर्धा रोचक हुने आँकलन गर्न सकिन्छ । 

साढे दुई महिनादेखि मतपेटीकामा रहेका भरतपुर वडा नं २० मा खसेको ३ हजार ३१८ मत कसको पक्षमा पर्ला ? भन्ने उत्सुकता सबैमा छ । ४ हजार ३३१ मतदाता रहेको उक्त वडामा कांग्रेसको पकड राम्रो रहेको बताइएको छ । जसले गर्दा उक्त वडामा देवी वा रेणु मध्ये कांग्रेसले कसलाई मत बढी दिएको छ उनसको जित सुनिश्चित छ ।

त्यस्तै, वडा १९ मा ३ हजार ७ मतदाता रहेकोमा यसअघि २ हजार ८८७ मत खसेको थियो । अब ति मतदाताले पुनः मतदानमा भाग लिनुपर्नेछ । वडा नं १९ मा पनि कांग्रेसले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ । 

यद्यपी यो वडामा पनि माओवादी र एमालेका मेयरका उमेदवारले कांग्रेसकै मतदाताको भर पर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC