site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर १९ मा पुनःमतदान सुरू 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान सुरु भएको छ ।
वैशाख ३१  गते भएको पहिलो चरणको निर्वाचनपछि मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।  उनीहरूले एक्कासी मतपत्र च्यातेपछि निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको थियो । यसले गर्दा वडा नम्बर २० को मतगणना पनि रोकिएको छ ।
निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो । सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो । वडा नम्बर १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् ।
तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरु दुईदिनदेखि चितवनमा व्यस्त छन् । कांग्रेसका बालकृष्ण खाँण र प्रकाशशरण महत, एमालेका भिम रावल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका अमिक शेरचन लगायतका नेताहरु व्यस्त छन् ।
भरतपुर महानगरमा कांग्रेस र माओवादी केन्द्रकी साझा उमेदवार रेणु दाहाल र एमालेका उमेदवार देवी ज्ञवाली मेयरमा प्रतिष्पर्धामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC