site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर १९ मा मतदान सुरु हुँदै, प्रमुख दलका नेता चितवनमा 
Sarbottam CementSarbottam Cement

चितवन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान सुरु हुँदैछ ।
वैशाख ३१  गते भएको पहिलो चरणको निर्वाचनपछि मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।
निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो । 

सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो । वडा नम्बर १९ मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरु दुईदिनदेखि चितवनमा व्यस्त छन् ।

कांग्रेसका बालकृष्ण खाँण र प्रकाशशरण महत, एमालेका भिम रावल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका अमिक शेरचन लगायतका नेताहरु व्यस्त छन् ।

Global Ime bank

भरतपुर महानगरमा कांग्रेस र माओवादी केन्द्रकी साझा उमेदवार रेणु दाहाल र एमालेका उमेदवार देवी ज्ञवाली मेयरमा प्रतिष्पर्धामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC