site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
 एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र  सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिँदैछ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिँदैछ । 
बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिँदैछ । 
भरतपुर–१९ मा तीन  मतदानस्थलमा छ  मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् । 
गत जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गत आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ००:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC