site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल र मोरक्कोबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

Agni Group

सो अवसरमा सचिव बैरागीले संयन्त्रमार्फत पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गरिने बताए ।
 
उनले राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्न सकिने उल्लेख गरे ।

नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्राट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा राखेर सहकार्य गरिरहेका उनले बताए ।
 
मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायता स्वरुप उपलब्ध गराएको स्मरण गर्दै उनले मोरक्कोलाई अन्तर्राष्ट्रिय कानुन आयोग, अन्तर्राष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

Global Ime bank

राजदूत मल्लिकीले नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC