site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

पञ्चायत कालमा राजा वीरेन्द्र बर्सेनि विकास क्षेत्रको भ्रमणमा पालैपालो जान्थे । भ्रमणको अन्त्यमा राजाका नामबाट नीति, कार्यक्रम र योजनाका अनेकौँ निर्देशन जारी हुन्थ्यो । निर्देशन दिँदा नियमित विधि र प्रक्रियामा खासै ध्यान दिइँदैन थियो तर, त्यस्ता निर्देशन बिरलै कार्यान्वयन हुन्थे । कार्यान्वयन भए नभएको अनुगमन गर्न पनि सरकारहरूलाई राजाले अर्को निर्देशन दिनुपर्थ्यो । ‘विकासको मूल फुटाउने’ राजनीतिका नाममा जनता र राजा दुवैलाई पञ्च र कर्मचारी मिलेर ढाँट्थे । राजाको निर्देशनमा कतिपय अत्यन्त अव्यावहारिक विषय पनि समावेश गरिन्थे । सायद, कसैले पनि त्यस्ता निर्णय कार्यान्वयन गर्न सम्भव छैन भन्दैनथे । नत्र, बर्सेनि त्यस्तै निर्णयहरू दोहोरिने थिएनन होला । राजतन्त्र सकियो तर शासकहरूको निर्देशन प्रेम र कर्मचारीको राजनीतिक नेतृत्वलाई मूर्ख बनाउने प्रवृत्ति भने जस्ताको तस्तै रह्यो । केही दिन पहिले काठमाडौंका सडकका खाडल पुर्न निर्देशन दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गरेर बुधवार सडक विस्तारको काम छिटो सक्न निर्देशन दिएका छन् । न काठमाडाैंका खाडल भनेझैँ पुरिए

काठमाडौंमा सडकको दुरवस्था साँच्चै नै कहाली लाग्दो छ । सडक र नालीमा पानीको भेल बग्दा एक बालिकाको ज्यानै गयो, अर्की भाग्यले बाँचिन् । बीच सडकका खाडलमा मोटर, भैसीसम्म खसेका छन् भने मानिस र मोटर साइकलले भोग्नुपर्ने जोखिम र सास्तीको त कल्पनामात्र गर्न सकिन्छ । यस्तै दुरवस्था देखेर वा थाहा पाएरै प्रधानमन्त्री देउवाले १५ दिनभित्र खाडल पुर्ने निर्देशन दिएका होलान् । तर, उनको निर्देशनलाई कर्मचारीहरूले कमाउने मौकामात्र हैन उपहासको विषय बनाइदिएका छन् भन्ने चाहिँ सायद कहिल्यै थाहा पाउँदैनन् । खाडल पुर्ने नाममा कर्मचारीले प्रधानमन्त्री र राज्यलाई त ठगेकै छन् सर्वसाधारण जनतालाई पनि उत्तिकै झुक्याएका छन् । ती दुवै बालिका मोटर बाटामा नभएर पैदल हिँड्दा सडकको भेलमा परेका भए पनि  पैदल यात्रु हिँड्ने बाटामा रहेका खाल्टाखुल्टी पुर्ने कामलाई महत्त्व नै दिइएन । प्रधानमन्त्रीले निर्देशन दिएपछि हतारमा करोडौं रुपियाँ खर्च गरियो होला तर केही स्थानमा बाहेक जनतालाई सुविधा र सुरक्षा थपिने काम भएको छैन । प्रधानमन्त्री कार्यालयलाई समयमा प्रतिवेदनसमेत नपठाउने कर्मचारीले निर्देशन कार्यान्वयनमा इमानदार होलान् भन्ने अपेक्षा गर्नु पनि व्यर्थ हो । काठमाडौं महानगरका प्रमुखले त वर्षामा खाडल पुर्ने काम नगर्ने भनेर प्रधानमन्त्री देउवाको निर्देशनको सोभैm अवज्ञा गरिदिए ।  

Agni Group

मुग्लिन – नारायणगढ सडक विस्तारका लागि ठेक्का लगाइएको छ । यस्ता ठेक्कापट्टामा ठेकेदारलाई सहज हुने गरी सर्तहरू तय गरिएका हुन्छन् । प्रधानमन्त्रीको निर्देशनले न ठेकेदारले कामदार बढाउनेछ न उपकरण नै थप्नेछ । मुग्लिन–नारायणगढ सडक भौगर्मिक कारणले विस्तार गर्न उपयुक्त छैन भन्ने चर्चा चलेको थियो । धेरै वर्षसम्म आइरहेका पहिरोहरू थामिने चरणमा पुगेका थिए । तर, विकास भनेकै ठूला भौतिक संरचना भन्ने बुझेका र ठूला योजनामा धेरै कमिसन आउने लोभमा परेकाहरूले त्यस सडकलाई विस्तार गर्ने योजना बनाए । भुइँचालोले खलबल्याएको कमजोर पहाडलाई दैत्याकार मेसिनले उधिन्न थालेपछि सडक कहिल्यै पार नलाग्ने गरी भत्कनु अस्वाभाविक थिएन । अब, प्रधानमन्त्री देउवाले छिटो सक्न दिएको निर्देशनलाई झरीले पनि साथ दियो भने सरकारबाट थप पैसा दुहुने तारतम्य मिलाउन ठेकेदार र सरकारी कर्मचारीलाई बाटो खुल्नेछ । उनीहरूको चाहना त छिटो सक्ने नाममा केही काम गरेर भुक्तानी लिएपछि झरी परोस् र पहिरो जाओस् भन्ने हुनसक्छ । अर्थात्, प्रधानमन्त्रीको निर्देशनलाई ‘लड्डु लडाएर झिल्ली झार्ने’ भ्रष्ट कर्मचारी र ठेकेदारले अर्को कमाउने बाटो एवं उपहासको विषय बनाउने सम्भावना नै बढी देखिन्छ ।

प्रधानमन्त्री देउवा साँच्चै नै सुधार गर्न चाहन्छन् भने सडक मर्मत गर्न कस्तो सर्तमा, कति पैसामा र कस्लाई ठेक्कामा दिइएको छ भन्ने विषयमा विज्ञहरूलाई बुझ्न लगाऊन् । छिटो काम गर्न केले अप्ठेरो परेको हो भन्ने विषयमा कर्मचारी र ठेकेदारका मात्र हैन स्वतन्त्र विज्ञहरूको धारणा पनि सुनून् । अहिलेको सरकारको मुख्य कार्यभार बाँकी रहेका निर्वाचन सम्पन्न गराउनु नै हो । यसैले सरकारबाट दीर्घकालीन नीतिगत सुधारको अपेक्षा र प्रयास दुवै स्वाभाविक हुँदैन । तर, थप नबिगार्न र नियमित काम राम्ररी गर्न भने सरकारले चाहेमा सक्छ । जनताले पनि सरकारबाट त्यतिसम्म अपेक्षा गर्न मिल्छ । काठमाडौंको सडकका हकमा खाडल पुरेको प्रतिवेदन सार्वजनिक गर्ने र बेइमानी गर्ने कर्मचारीलाई कारणसमेत खोलेर कारबाही गर्ने हो भने प्रधानमन्त्री देउवाले पिन जनतालार्इ धोका दिए भन्नुपर्ने  छैन ।   मुग्लिन – नारायणगढ सडकका हकमा ठेक्काका सर्तहरू पुनरावलोकन गरेर कमजोर पहाडमा दैत्याकार बुल्डोजर चलाएर थप खलबल्याउनुभन्दा जे जस्तो अवस्थामा छ त्यसलाई वर्षामा धेरै नचलाई सुरक्षित र सुविधाजनक बनाउन जोड दिनु उचित देखिन्छ । सडक विस्तारमा पहाड काट्ने काम बाँकी भए हिउँदमा कामदार लगाएर पूरा गराउनु सायद वातावरणीय तथा भौगर्भिक दृष्टिबाट पनि उचित हुनेछ ।

Global Ime bank

प्रधानमन्त्री देउवाबाट परम्परागत शैलीको निर्देशन मोह छाडेर साँच्चै नै व्यावहारिक र उपयुक्त विधि र प्रक्रियाको अपेक्षा गर्न सकिएला ?

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC