site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अधिनायकवादी हैकम कि अभिव्यक्ति स्वतन्त्रता ? 

नेपालमा पनि ’असहिष्णु’ प्रवृत्ति बढ्दै गएको छ । जिम्मेवार निकायमा नियुक्त व्यक्तिहरूमा सहनशीलता घट्दै गएको छ । नेताहरूले त बोलेको सुन्दा पनि आँगै सिरिङ्ग हुन्छ । तिनैको छुद्र र असहनशील शैली अरूले पनि पछ्याउन थालेको देखिएको छ । 

देशान्तर साप्ताहिकले निर्वाचन आयोगसम्बन्धी समाचारहरू छापेको रहेछ । निर्वाचन आयोगका पदाधिकारीले पत्रिकाका प्रधान सम्पादकलाई उनीहरूको ’इजलास’मा ’तथ्य प्रमाण’ लिएर हाँजिर गराउन प्रेस काउन्सिललाई ’आदेश’ दिने निर्णय गरेछन् । निर्वाचन आयोगबाट प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ — ’आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ।’ 

आयोगको विज्ञप्ति हेर्दा लाग्छ कि त आयोगका पदाधिकारीलाई नेपालको संविधान, प्रेस काउन्सिलको काम कर्तव्य र अधिकार बारे कुनै जानकारी नै छैन नभए उनीहरूलाई लोकतन्त्रमा विश्वासै छैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

समाचारमा चित्त नबुझे सामान्यतः सोही पत्रिका वा माध्यमलाई खण्डन गर्न पत्र पठाइन्छ । खण्डन नछापेमा वा सोही आशयको समाचार लगातार आइरहेमा अरू उपाय अवलम्बन गरिन्छ । अदालतमा मुद्दा हाल्ने वा प्रेस काउन्सिलमा उजुरी दिने अरू विधिसम्मत उपाय हुन् । निर्वाचन आयोगलाई कुनै पत्रिकाको सम्पादकलाई आयोगमा सत्यतथ्य प्रमाणसहित उपस्थित गराउन प्रेस काउन्सिललाई आदेश दिने न अधिकार छ न कुनै लोकतान्त्रिक शासन प्रणालीमा त्यस्तो अभ्यास हुन्छ । (कम्युनिस्ट पृष्ठभूमिका आयुक्तहरूलाई लोकतान्त्रिक मूल्य मान्यता नरुच्न सक्छ । त्यसो त लोकतान्त्रिक भनिएकाहरूकै आचरणमा पनि पाइलैपिच्छे अधिनायकवादी प्रवृत्ति देखिएको छ । ) लोकतन्त्रको निषेधमा दीक्षितहरूले लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्लान् भनेर अपेक्षा गर्न पनि नमिल्ला तर राज्यको संवैधानिक निकायका पदाधिकारीले संविधान र कानुन मिच्न त हुँदैन । उनीहरूले पनि विधि र प्रक्रिया त मान्नैपर्छ ।  

कसैले पनि हुकुम र सनकका भरमा शासन गर्न नपाओस् भनेरै नेपाली जनताले लोकतन्त्र स्थापनाका लागि पटकपटक आन्दोलन गरेका हुन् । अहिले आयोगमा हुनेहरू आन्दोलनमा कहाँ थिए भन्ने त थाहा छैन तर लोकतन्त्रका लागि ज्यानको बाजी थापेर आन्दोलन गर्ने र लोकतान्त्रिक विधि तथा प्रक्रियाको सम्मान गर्नुपर्छ भन्नेहरू नेपाली समाजमा अझै हराइसकेका छैनन् । जेहोस्, देशान्तरको समाचारमा निर्वाचन आयोगको प्रतिक्रियाले आयोगका पदाधिकारीको अधिनायकवादी मानसिकता भने उजागर गरेको छ । 

Global Ime bank

अर्को समाचार अलिकति बेग्लै तर जरोमा उही अधिनायकवादी मानसिकताबाट प्रेरित कारबाहीको छ । चितवनको भरतपुर महानगरपालिकामा प्रमुखकी उमेदवार रेणु दाहाललाई सामाजिक संजालमार्फत गालीगलौज गरेको आरोपमा मेयर पदका अर्का उमेदवार देवी ज्ञवालीका छोरा निरब बुधवार काठमाडाैंमा पक्राउ परेछन् । भरतपुर महानगरको १९ वडामा शुक्रवार पुनः मतदान हुँदैछ । निरबलाई फेसबुकमा गरेको टिप्पणीका लागि पक्राउ गरिएपछि त्यसलाई ’राजनीतिक प्रतिशोध’ का रूपमा प्रचार गरिएको छ । राजनीतिकरण गर्दा निरबको पक्राउलाई चुनावसँग जोड्न सकिन्छ । त्यसमाथि गृह मन्त्री नेकपा (माओवादी केन्द्र) कै नेता भएकाले त झन् शंका हुन्छ । राजनीतिक दाउपेचका रूपमा निरबलाई प्रयोग गरिएको हो भने सत्ताको यो चरम दुरुपयोग हो । लोकतान्त्रिक मूल्यमाथि घीनलाग्दो आक्रमण हो । 

राजनीतिसँग नजोडी हेर्ने हो भने पनि यसमा प्रहरी ज्यादतीको गन्ध आउँछ । सामाजिक सञ्जालमा व्यक्त गरिएका सामान्य आक्रोशलाई अतिरञ्जित गर्दै निषेध गर्ने प्रवृत्ति अधिनायकवादी मुलुक वा अधिनायकवादी मानसिकता भएका शासकले राज्य गरेका लोकतान्त्रिक देशहरूमा पनि देखिएको छ । चीनमा त कतिपय साइटमा बन्देजै लगाइएको छ । भारतबाट पनि बेलाबखत असहिष्णुताका उदाहरण सार्वजनिक हुने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग हुनुहुँदैन तर त्यसको अर्थ सामान्य टिप्पणीकै आधारमा व्यक्तिलाई पक्रेर थुनामा राख्नैपर्छ भन्ने चाहिँ पक्कै हैन ।   

हामी एक्काइसौँ शताब्दीमा छौँ । उदार लोकतन्त्रलाई संविधानमा लेखिएका केही अनुदार शब्दहरूले छेक्न सक्तैनन् । केही विसंगत कानुनहरूले मिच्न सक्तैनन् । व्यक्ति विशेषलाई अधिनायकवादी हैकम मन पर्ला तर जनतामाथि थोपर्न कसैले पनि सक्तैन । शासकहरूले यति पनि किन नबुझेका हुन् ? यी दुवै घटना अभिव्यक्ति स्वतन्त्रता र अधिनायकवादी हैकमसँग जोडिएका छन् । यसैले चासोका विषय बनेका हुन् । 

मौन अवधिमा उमेदवारको पक्षविपक्षमा कुरा गर्न पाइँदैन । तर, निर्वाचन आयोगका कमजोरीको आलोचना गर्न पनि नपाइने त हैन होला नि ? यस घटनामा प्रेस काउन्सिलको प्रतिक्रिया के हुन्छ ? प्रेस काउन्सिल त अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हुनुपर्ने हो ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC