site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सडक निर्माणमा हेलचेक्र्याइँ भए कारबाही: प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको “लाईफ लाईन” सडकको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको काम छिटो सम्पन्न गर्न सरोकारवाल निकायलाई निर्देशन दिएका छन् ।

बुधबार उक्त सडकको स्थलगन अनुगमन गर्दै प्रधानमन्त्रीले हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन् । 

“यो सडक मुलुकको लाईफ लाईन हो” प्रधानमन्त्रीले आयोजना प्रमुख र ठकेदारहरुलाई निर्देशन दिँदै भने, “तपाईहरुले यो सडकका कुनै खालको ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिँदैन । कामको गतिलाई तिव्रता दिएर जतिसक्दो छिटो यो सडक निर्माण पुरा गर्नुहोस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री देउवाले सडक निर्माणका क्रममा सरकारी पक्षबाट कुनै समस्या वा अल्झन देखिए त्यसलाई आफू तत्काल समाधान गर्न तयार रहेको पनि बताए । 

“सडक चाडो निर्माण गर्न सरकारी निकाएबाट कुनै खालको ढिलासुस्ती भएको छ भने सिधै मलाई भन्नुहोस्,” उनले भने, “म तुरुन्त त्यो समस्या समाधान गर्छु ।”

Global Ime bank

प्रधानमन्त्रीले निर्माणका क्रममा मुख्य दातृ निकाय विश्व बैकसँग कुनै समस्या भए पनि आफूले छलफल गरेर समाधान गर्ने बताए ।

प्रधानमन्त्रीले मुग्लिन–नारायणगण सडक खण्डको २० किलोमिटर अवलोकन समेत गरेका थिए । चितवनको रामनगरबाट २० किलोमिटर मुग्लिनतर्फ स्थलतगत अध्ययन गरेर सडक निर्माणको अवलोकन गरेका थिए । 

प्रधानमन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको जिम्मा पाएका ठकेदारहरुले तत्काल काम अघि बढाएर दशैसम्ममा सवारी साधनको सहज आवत जावत हुने बन्दोवस्ती गर्न पनि निर्देशन दिए ।

“चाडवाडको समय आउन लागेको छ । दशैँ अघि जसरी पनि सवारी साधान आवतजावत सहज हुने गरी काम गर्नहोस्” उनले निर्देशन दिए । 

देउवाले छिटो काम सम्पन्न गर्ने ठेकदारलाई पुरस्किृत र ढिलासुस्ती गर्नेलाई सरकारले कारबाहीसमेत गर्ने बताए । 

“तपाई ठेकेदारहरुले मुुलुकका लागि यति धेरै महत्व राख्ने यो सडक निर्माणमा ढिला सुस्ती गर्दा यसको चौतर्फि असर हुन्छ । अव समय तालिका बनाएर मलाई बुझाउनुहोस्, सोही अनुसार काम अघि बढाउनुहोस्” प्रधनमन्त्रीले भन्नुभयो, “काममा कुनै खालको हेलचक्राई भएको पाईएमा जसबाट भएको छ उसलाई म कारबाही गर्छु र राम्रो काम गरेर छिटो सम्पन्न गर्नुभयो भने म पुरस्कृत पनि गर्छु ।”

प्रधानमन्त्रीले सडक निर्माणका क्रममा कामदार लगायत सबैको सुरक्षामा ध्यानदिन पनि ठकेदारहरुलाई निर्देशन दिए । “सडक निर्माणमा कामदारको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ ।

त्यसैले कामदारको सुरक्षाको लागि सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनुहोस्” उनले भने, “सडकमा हिँड्ने बटुवा र यात्रहरुको सुरक्षालाई पनि ध्यान दिएर सडकमा देखिएका जोखिमहरु तत्काल व्यवस्थापन गर्नुहोस् ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC