site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजी बराबरीमा रोकिँदा सिटी शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिँदा च्याम्पियन्स लिगको समूह ‘ए’ मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ४–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । 

इङ्लिस प्रिमियर लिगको क्लब सिटीले गएराति घरेलु मैदानमा सहज जित निकाल्दा स्ट्राइकर रहिम स्टर्लिङले गोलको खडेरी तोडे । उनले वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका स्टर्लिङले ७२औं मिनेटमा गोल गरेका थिए । स्टर्लिङलेअगस्ट पछि गरेको यो पहिलो गोल हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि सिटीले १५औं मिनेटमा फिल फोडानको गोलबाट अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेट वित्न नपाउँदै सिटीका रक्षक जोन स्टोन्सको आत्मघाती गोलमा ब्रुगले बराबरी गरेको थियो । ५४औ मिनेटमा रियाद महारेजले गोलबाट सिटीले पुनः अग्रता लियो । ७२औं मिनेटमा स्टर्लिङले सिटीको अग्रता बढाए । इन्जुरी समयमा गाब्रियल जिजसले अर्को गोल थपेपछि सिटीले सहजै तीन अंक पक्का गर्यो । 

जितपछि सिटीले चार खेलबाट नौ अंक जोडेदै समूहको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा आठ अंक जोडे पीएसजी दोस्रो स्थानमा छ । क्लब ब्रुग चार अंक जोेडेर तेस्रो स्थानमा छ । चौथो स्थानको आरबी लाइपजिगले एक अंक जोडेको छ । 

Global Ime bank

बुधबार राति नै सम्पन्न समूह ‘ए’को अर्को खेलमा पीएसजीले लाइपजिकसँग २–२ को बराबरी खेलेको हो । जर्मन भ्रमणमा निस्किएको पीएसजीले अंक बाड्दा शीर्ष स्थान गुमाएको छ । 

बुन्डेसलिगाको क्लब लाइपजिगले घरेलु मैदानमा आठौं मिनेटमै क्रिष्टोफर एनकुनकुको गोलबाट अग्रता लिएको थियो । १२औं मिनेटमा लाइपजिगका आन्द्रे सिल्भा पेनाल्टीमा गोल गर्न चुक्दा घरेलु टोलीले अग्रता दोब्बर बनाउने मौका गुमायो । २१औं मिनेटमा पीएसजीका जर्जिनियो विजनाल्डमले बराबरी गोल फर्काए । 

३९औं मिनेटमा विजनाल्डमले गरेको गोलमा पीएसजीले अग्रता लियो । तर, इन्जुरीमा डोमिनिक सोबोजलाईले पेनाल्टीमा गोल गरेपछि पीएसजी अंक बाड्न बाध्य भयो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC