site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 
सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताए । 

अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी छ भन्दै नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप लगाए । 
संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँगे्रस नियोजित रूपमा लागेको भन्दै उनले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रोपोगण्डा भएको बताए । 
एक प्रसङ्गमा उनले आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने प्रस्ट गरे । 
रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC