site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतदाता नामावली संकलन गर्नेको भीड, ५ घण्टा लाइनमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरु गरेको मतदाता नामावली संकलन अभियानमा सर्वसाधरणको घुँइचो बढेको छ । 

आयोगले सबै ७५ जिल्ला निर्वाचन कार्यालय र ७४४ स्थानीय तहदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा साउन १ देखि र स्थानीय तहबाट साउन १६ बाट नामावली संकलन सुरु गरिसकेपछि नामावली संकलन गर्नेको भीड लागेको हो । 

विशेषगरी काठमाडौको जिल्ला निर्वाचन कार्यालयमा काठमाडौं बाहिरका र काठमाडौंका सर्वसाधरण एकै ठाउँमा हुँदा बढी भीड भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

मतदाता नामावली संकलनका लागि छोटो समय भएकाले सबै ठाउँमा नै फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्नेको बाक्लो उपस्थिति रहेको निर्वाचन आयोगले जनाएको छ ।

अद्यावधिकमा नाम सार्ने, त्रुटी सच्याउने, नाम हटाउने र दाबी बिरोध गर्ने काम पर्दछन् । 

Global Ime bank

१६ वर्ष पुगेका र नागरिकता भएका सबै नेपाली नागरिकले मतदाता नामावली संकलनमा भाग लिन पाउने व्यवस्था छ ।  

काठमाडौं जिल्लामा मात्रै काठमाडौं महानगरपालिकासहित ११ र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलनको काम भइरहेको छ । तर, पनि बाहिर जिल्लाको जिल्ला निर्वाचन कार्यालयबाट मात्रै संकलन हुने भएकाले बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालय बाहिर घुँइचो लागेको हो । 

\"\"

काठमाडौं जिल्ला निर्वाचन कार्यालयले समन्वयको कार्यालय बाहिर संकलन गरिरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख चन्द्रप्रसाद गौतमले जानकारी दिए ।

उनले १६ गतेदेखि काठमाडौं महानगरको राष्ट्रिय सभागृह र अन्य दश नगरपालिकाको कार्यालयबाट नामावली संकलन सुरु गरिएको पनि बताए ।

“हामीले काठमाडौंमा १२ ठाउँबाट नामावली संकलन गरिरहेका छौं । अहिलेसम्म समन्वयको कार्यालयबाट १६ हजारभन्दा बढी र अन्य तहबाट करिब दुईहजार नामावली संकलनमा सहभागी भएको छ,” उनले भने ।

१२ ठाउँबाट संकलन भइरहेपनि काठमाडौंको अन्य नगरपालिकाका सर्वसाधरण पनि जिल्ला निर्वाचन कार्यालयमै ५ घण्टादेखि लाइनमा बसिरहेको पाइएको छ ।
काठमाडौंका स्थानीय र बाहिरी जिल्लाका स्थानीय एकै ठाउँमा हुँदा घुँइचो बढेको हो ।

समन्वय समितिको प्रांगणमा ५ घण्टादेखि लाइनमा बसेका टोखा नगरपालिकाका भीमसेन लामिछानेले यसअघि पनि फोटो खिचाएर पनि आफ्नो नाम नभएकाले जिल्लामै आएको बताए ।

“मैले पहिले पनि भोट दिँदै आएको थिएँ । तर, स्थानीय चुनावको बेला नाम नभएर भोट दिन पाइएन,” उनले बाह्रखरीसँग भने, “यसपाली समयमै दर्ता गराएर अर्को चुनावमा भोट दिन चाहन्छु । यो आफ्नो अधिकार पनि हो ।”

त्यस्तै, कलेज ड्रेसमै लाइनमा ४ घण्टादेखि लाइनमा बसेकी सोलुखुम्बुकी प्रजु राईसमेत यसअघि मतदाता नामावलीमा आफ्नो नाम छुटेका कारण भोट दिन नपाएको बताउँछिन् ।

“अघिल्लो पटक उमेर पुगेरपनि नाम छुटेका कारण भोट दिन पाइएन । अहिले बुबाले पनि नाम दर्ता गर्नुपर्छ भन्नुभयो । अनि लाइन बसेको पालो आउला जस्तो छैन,” उनले भनिन् ।    

उनीसँगै रहेकी बालुवाटार स्थायी घर बनाउने एक महिलाले भनिन्, “यहाँ अस्तव्यस्त छ । आफ्नो मान्छेलाई छुट्टै लगेर दर्ता गरेका छन् । सामान्य मान्छे लाइन बसेको बस्यौं । हामी ५ घण्टादेखि लाइनमा छौं ।”

\"\"

निर्वाचन कार्यालयले भने आफ्नो जनशक्तिअनुसार व्यवस्थापन गर्ने प्रयास गरेको जनाएको छ । 

काठमाडौकै मान्छे पनि जिल्ला निर्वाचन कार्यालयमा आएकाले घुँइचो बढी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गौतमले जानकारी दिए ।

उनले काठमाडौंका स्थानीय आफ्नै स्थानीय तहमा गएर दर्ता गराउँदा बाहिरको मान्छेलाई सहज हुने बताए ।  

निर्वाचन आयोगले सबै स्थानीय तह र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भइरहेको जनाएको छ । यसअघि १ करोड ४० लाख ५६ हजार मतदाता रहेकोमा यसपाली करिब १५ देखि २० लाख थपिने अनुमान गरेको छ । 

\"\"

किन चाहिन्छ फोटोसहितको नामावली ? 

निर्वाचनमा मतदान गर्नको लागि सबै योग्य नागरिकहरूले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गराउनु पर्दछ ।
१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् तर प्रचलित कानुनअनुसार १८ वर्षउमेर पूरा भएपछि मात्र निजहरूलाई मताधिकार प्राप्त हुनेछ ।

नाम दर्ता गर्ने योग्यता 
   क) नेपाली नागरिक भएको हुनुपर्छ ।
   ख) १६ वर्षउमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्दछ ।
   ग) कुनै निर्वाचन क्षेत्रभित्रको गाउँ विकास समितिरनगरपालिकामा स्थायी बसोबास गरेको हुनुपर्दछ ।

के चाहिन्छ र कहाँ जाने ?
सम्बन्धित जिल्लामै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नका लागि नागरिकताको प्रमाणपत्र र यदी बसाइसराई भएको छ भने कागजात लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ । त्यस्तै साउन १६ बाट आफ्नो स्थानीय तहबाटै पनि नाम दर्ता गराउन सकिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC