site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पाँचथर । यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ । 

अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएको हो । यस्तै, २०० जनाको नाम सच्याइएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताए । उनले भने, “जिल्ला निर्वाचन कार्यालय पाँचथरमा मात्र परिचयपत्र बनाउन मतदातालाई असहज भएको हुँदा अब गाउँपालिकामै सहज होस् भन्ने उद्देश्यले गाउँमै परिचयपत्र वितरण गर्न थालेका छौं ।” 

यसअघिको स्थानीय तहको निर्वाचनमा धेरै मतदाता परिचयपत्र नभएकाले आफ्नो मत दिने अधिकारबाट वञ्चित भएका थिए । 

Global Ime bank

परिचयपत्र बनाउन र सच्याउन निर्वाचन आयोगको टोली गाउँपालिकामै गएपछि दुई दिनको अवधिमा फालेलुङ गाउँपालिकामा ७६ जना, फाल्गुनन्दमा ५७ जना, कुमायकमा ४१ जना, याङबरकमा ३३ जना, मिक्लाजुङमा १७ जना र फिदिम नगरपालिकामा १२३ जनाको नयाँ परिचयपत्र बनाइएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC