site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । म्याग्दीमा क्रियाशील राजनीतिक दलले सहमतिमा उम्मेदवारी दर्ता गरेपछि जिल्ला समन्वय समितिका पदाधिकारी निर्विरोध चुनिएका छन् । 

समितिको संयोजक, उपसंयोजक र सातजना सदस्य पदमा एक÷एक जनाको मात्र मनोनयन दर्ता भएकाले निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संयोजकमा एमालेका देवेन्द्र केसी र उपसंयोजकमा नेपाली काँग्रेसका लोकबहादुर मल्ल चयन भएका छन् । 
नेकपा एमाले म्याग्दीका उपाध्यक्ष केसी रघुगंगा–२ भगवतीको वडा सदस्य र नेपाली काँग्रेसका जिल्ला सल्लाहकार मल्ल मालिका–१ निस्कोटको वडा सदस्यमा निर्वाचित भएका हुन् । 
सदस्यमा काँग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका मेखबहादुर पुर्जा, धौलागिरि गाउँपालिका–३, मुनाकी रामदेवी पुन र बेनी नपा–८ की खिमकुमारी गर्बुजा समितिको सदस्यमा चयन भए । 
राप्रपाका तर्फबाट बेनपा–७ का हरि शाक्य र धौलागिरि गाउँपालिका–१ गुर्जाकी सुकमाया छन्त्याल, एमालेबाट अन्नपूर्ण गाउँपालिका–१ दोवाकी बोमाया गर्बुजा र नेकपा ९माओवादी केन्द्र०बाट बेनपा–७ का शेरबहादुर केसी समितिको सदस्यमा निर्विरोध निर्वाचित भए । 
मनोनयन दर्ता गर्नुअघि मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा काँग्रेस र एमालेका नेताबीच भएको सहमतिअनुसार गोलाप्रथा गरेर संयोजक, उपसंयोजक र पदसंख्याको टुंगो लगाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

गोला थुत्दा संयोजकसहित चार सदस्य पाएको एमालेले दुई सदस्य राप्रपालाई दिएको हो । यसैगरी, उपसंयोजक र चार सदस्य पाएको काँग्रेसले आफ्नो भागमा परेको एक सदस्य माओवादी केन्द्रलाई छाडेको छ । 

छवटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको चुनावमा मताधिकार भएका १२ मध्ये छ काँग्रेसका, एमालेका पाँच र राप्रपाका एकजना मतदाता थिए । 

Global Ime bank

काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहमति, सहकार्यको राजनीतिक वातावरण बनाउन सर्वसम्मत जिल्ला समन्वय समितिको पदाधिकारी चयन गरिएको बताए । 
साउन २० गते मतदानको मिति तय भएपनि सबै पदमा निर्विरोध भएकाले आज बुधबार नै पद तथा गोपनीयताको शपथ गराइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC