site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘एमाले मधेशमा नम्बर एक पार्टी बन्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ मा कसैलेपनि चाहेरपनि अब चुनाव नरोकिने स्पष्ट पारेका छन् । 

मंगलबार रिपोर्टर्स क्लबमा गरेको साक्षात्कारमा नेता महासेठले भने, “मधेशमा चुनाव हुन्छ, अब शंका छैन, सारा जनताले चुनाव चाहेका छन्, त्यसैले कसैले चाहेरपनि चुनाव रोकिँदैन् ।”
उनले कुनै पनि शक्ति चुनावको विरोधमा आए तीनीहरुलाई मधेशका जनताहरुले परास्त पार्ने समेत ठोकुवा गरे । 

उनले राजपाले सरकारलाई आरोप लगाउनुमा कुनै तुक नभएको समेत जिकिर गरे । उनले भने, “राजपा नेपालले वर्तमान सरकरालाई गाली गर्नु भनेको तँ कुटेजस्तो गर, म रायेजस्तो गर्छु भनेजस्तै हो, राजपाको यो के रुवाई हो ? मैले बुझ्न सकेको छैन ? यता गाली सरकारको गाली गर्ने अनि उता टाँसिएर बस्ने, समर्थन दिईरहने, राजपाको यो कस्तो रणनीति हो ?”

Prabhu Bank
Agni Group
NIC Asia

नेता महासेठले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामबाट त्रसिद भएर कांग्रेस र माओवादी केन्द्रले एउटै गठबन्धन बनाएको आरोप लगाउँदै भने, “एमालेलाई जसरी पनि हराउने भनेर गठबन्धन बन्ने काम भएको छ, अब त हुँदाहुँदै महागठबन्धन बनाउने तयारी भैरहेको छ ।”

उनले हालै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधिले मधेशमा गएर क्रान्तिकारी भाषण गर्दै एमालेलाई मधेश विरोधी पार्टी बनाउन निर्देशन दिएको गुनासो पोखे । उनले भने “जे जे गर्नुहोस्, तर जनताले एमालेलाई राम्रोसँग चिनिसक्नुभएको छ, एमाले मधेश विरोधी पार्टी होईन, बरु मधेशमैत्री पार्टी हो, मधेश र मधेशी जनताको हित चाहाने पार्टी हो ।”

Global Ime bank

त्यस्तै उनले एमालेलाई जसरी पनि हराउने उद्देश्यले एमालेबाहेकको महागठबन्धन बनाउन देशी तथा विदेशी शक्तिहरुले समेत खेल खेलिरहेको आरोप लगाए । उनले अघि भने, ‘‘हुन त मैले यही रिपोर्टर्स क्लब नेपालको मञ्चमा आजभन्दा ६ महिना पहिल्यै नै भनेको थिएँ, कांग्रेस र माओवादी केन्द्रवीच एकता भयो भने आश्चर्य नमान्नुहोस् भनेर, जुन विदेशी शक्तिले कांग्रेस, माओवादी र राजपा लगायतका दलहरुलाई एकतावद्ध बनाएर अघि बढाउन चाहिरहेको छ, त्यही शक्तिले कांग्रेस र माओवादी केन्द्रलाई एउटै पार्टी बनाएर अघि बढाउन खोज्दैछ, त्यसैले यिनीहरुको बीचमा एकता भयो भने आश्चर्य नमान्नुहोला ।”

नेता महासेठले मधेशमा जस्तोसुकै प्रतिकुल अवस्था रहेपनि वा महागठबन्धन बनाए पनि आफ्नो पार्टीले ५० प्रतिशतभन्दा बढि नै मत ल्याउने दाबी समेत गरे । उनले भने, “एमाले मधेशमा समाप्त हुन्छ भन्नेहरुले असोज २ गतेको निर्वाचन हेरे हुन्छ, एमालेले पहिलो र दोस्रो चरणको निर्वाचनमाजस्तै अग्रता लिन्छ, एमाले मधेशमा समाप्त हुँदैन्, बरु झनै ठूलो भएर स्थापित हुन्छ ।”

उनले कांग्रेस र माओवादी केन्द्रले जायज नाजायज सम्झौता गरेको समेत आरोप लगाए । उनले भने, “जस्तोसुकै नाजायज सम्झौता गरेपनि जनाले सम्झौताहरुलाई परास्त पार्नेछन्, हामीलाई पूर्ण विश्वास छ ।”

त्यस्तै उनले दिनरात राजपाका अध्यक्ष मण्डलका व्यक्तिहरु र माओवादी केन्द्रका मन्त्रीहरुले शक्ति केन्द्रमा गएर मिटिङ्हरु गरिरहेको समेत कडा आरोप लगाए । उनले भने, “उनीहरु शक्ति केन्द्रमा गएर बैठकहरु बस्ने अनि, एमालेलाई हराउन यो चाहियो र उ चाहियो भनेर भन्ने ?”

उनले हालै सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्ने भनेर भरतपुर १९ नम्बर वडामा पूनः मतदान गर्ने फैसला दुर्भाग्यपूर्ण भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  ००:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC