site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आगामी निर्वाचनमा इ–भोटिङ गर्ने आयोगको ‘इच्छा’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने चर्चा चलिरहेका बेला निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) प्रयोगबारे छलफल गरेको छ ।

आयोगले निर्वाचनको सम्पूर्ण प्रक्रियालाई शुद्ध, सरल तथा छिटो रूपमा सम्पादन गर्नको लागि भोटिङ मेसिन  प्रविधिको प्रयोग उपयुक्त हुने जनाएको छ । 

आयोगले २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचन तथा उपनिर्वाचनमा गरी १२ वटा निर्वाचन क्षेत्रमा ईभीएम प्रयोग गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेलाको इलेक्ट्रोनिक भोटिङ सफल भएको र सरोकारवालाबाट सकारात्मक प्रतिकृया आएकाले दलहरुको समर्थन र सहयोग भए ईभीएमको प्रयोग गर्न उपयुक्त हुने आयोगको धारणा रहेको छ ।

मंगलबार निर्वाचन आयोगमा राजनीतिक दलहरुसँग यसबारे छलफल गर्दै आयोगले सो इच्छा व्यक्त गरेको हो ।

Global Ime bank

आयोगले प्राविधिक सहितको एक अध्ययन टोलीलाई हालै भारतमा उत्पादन र प्रयोग भएका विद्युतीय मतदान यन्त्र बारे अध्ययन गरेको थियो । उक्त अध्ययन टोलीको प्रतिवेदनको आधारमा नेपालमा मतदानमा ईभीएमको प्रयोग गर्न उपयुक्त हुने देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उनका अनुसार मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमा सो मेसिन बारे जानकारी गराइएको थियो । 

अन्तरक्रियामा भारतको निर्वाचन आयोगले प्रयोगमा ल्याएको ईभीएम तथा बेलायतस्थित स्मार्टिक कम्पनीले उत्पादन गरेको ईभीएमको विशेषता बारे जानकारी गराइएको थियो । 

कार्यक्रममा नेताहरुले उक्त दुबै मेशिनहरूको प्रयोगको सार्थकता र व्यवहारिकताबारे प्रश्न गरेका थिए भने नमुना मतदान समेत गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC