site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाकिस्तानको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोयब मल्लिका र आसिफ अलीले इनिङ सम्हाल्दा पाकिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । 

आसिफ अलीले १२ बलमा २७ रन बनाउँदा न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर १३५ रन बनायो । 

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सोयब मलिकले २६ रनको योगदान गरे । पाकिस्तानका लागि मोहम्द रिजवानले ३३ रनको योगदान गर्दा फकर जमान र इमाड वासिमले समान ११–११ रनको योगदान गर्दा पाकिस्तानले ५ विकेटको जित निकाल्न सफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ न्युजिल्यान्डका लागि इस सोधीले दुई विकेट लिए । त्यस्तै मिहेल स्ट्राक, टिम साउथी र ट्रेन्ट बोल्टले समान एक–एक विकेट लिए । 

यसअघि हारिस राउफले ४ विकेट लिँदा न्युजिल्यान्ड १३४ रनमै समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

Global Ime bank

न्युजिल्यान्डका डारेल मिचेल र डेभोन कोवेले समान २७–२७ रन बनाए । 

न्युजिल्यान्डका लागि सुरुवाती पाँच ओभरमा विना विकेटको क्षेतीमा ३६ रन बनाएको न्युजिल्यान्डले त्यसपछिको पाँच ओभरमा ३ विकेट गमाएर मात्र २४ रन बनायो । 

न्युजिल्यान्डलाई १३४ रनमै समेट्न रउफले ४ ओभर बलिङ गरेर २२ रन खर्चदै ४ विकेट लिए । त्यस्तै शाहिन अफ्रिदी, इमाड वासिम र मोहम्द हाफिजले समान एक–एक विकेट लिए । 

आज जित निकाल्दै पाकिस्तान सेमिफाइनल प्रवेशका लागि आफ्नो सम्भावना बलियो बनाएको छ । यता न्युजिल्यान्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC