राजनीति
रत्ननगर (चितवन) । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा २० गते शुक्रबार चुनाव हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयमा भएको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुइ कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः निर्वाचनको निर्णय गरेपछि नेकपा एमालेका कार्यकर्ताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले अन्तिम फैसला सुनाउँदै पुनः निर्वाचन गराउने आयोगको निर्णय सदर गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४ १६:४९
प्रतिक्रिया दिनुहोस्