site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आठ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही 
Sarbottam CementSarbottam Cement

काठमाठौं । नेपाल राष्ट्र बैंकले  ८ वटा वाणिज्य बैंकलाई  कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि ८ वटा बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले  चौथो त्रैमासमा नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ नगद जरिबाना गरेको  छ । प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ नगद जरिबाना गरेको हो । हिमालयन बैंकलाई भने दुई पटक जरिबाना लगाएको छ । हिमालयन बैंकलाई प्रथम पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँ नगद जरिबाना गरेको नेपाल राष्ट्र बैंकको बैंक सुपेरीवेक्षण विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो त्रैमासमा सिभिल बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन उलंघन गरेको भन्दै  १० लाख रिबाना गरेको हो । यस्तै सोही त्रैमासमा बैंकलाइर्ए राष्ट्र बैंकले ऋणीसँग अप्रत्यक्ष  रुपमा कारोबार गरेको बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

तेस्रो त्रैमासमा नै राष्ट्र बैंकले प्रभु बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनमा गरेको व्यवस्था विपरित प्रभु बैंक, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैंकको  तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime bank

बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालकहरु शंकरप्रसाद कालिकोटा, रमेश सिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र सीईओ अशोक राणालाई सचेत गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

त्यस्तै केन्द्रीय बैंकले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड  बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरिबाना गरेको छ । यस्तै बैंकलाई  अन्य कारवाहीस्वरुप सचेतसमेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई पनि सचेत गराएको जनाएको छ । दोस्रो त्रैमासमा नै राष्ट्रिय वाणिज्य बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गाएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति सुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिबाना गराएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC