site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलाहको ह्याट्रिकमा युनाइटेडमाथि लिभरपुलको सानदार जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुलले आइतबार रातिको खेलमा युनाइटेडमाथि ५–० गोल अन्तरको जित निकालेको हो ।

लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि सहज जित निकालेको हो ।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक पूरा गरे । त्यस्तै नेबी केइटा र डिएगो जोटाले एक-एक गोल गरे ।

Agni Group

खेलको पाँचौ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । 

३८औँ मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।

Global Ime bank

पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए ।

५०औँ मिनेटमा सलाहले ह्याट्रिकसँगै लिभरपुले ५–० को जित निकाल्यो ५८औँ मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन । भीएआरको सहायतामा गोल गर्नुअघि रोनाल्डो अफसाइड देखिएका थिए ।

यस्तै, खेलको ६०औँ मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अङ्क जोडेको छ । युनाइटेड १४ अङ्क जोडेर सातौ स्थानमा छ ।

युनाइटेड पछिल्लो समय प्रिमियर लिगमा कमजोर बनिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ००:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC