site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सञ्चार माध्यममा नेपाल आयल निगमभित्रको अनियमितता र भ्रष्टाचारका समाचार लगातार आइरहेका छन् तर राज्यका निकाय भने तमासा हेरेर बसेका देखिन्छन् । सबैजसो राजनीतिक दलका नेतामाथि भ्रष्टाचार र आर्थिक अनियमितताको आरोप लागिरहेकै भएकाले सरकार वा संसद्को राजनीतिक नेतृत्वले आयल निगमको अनियमिततालाई अपेक्षित महत्त्व नदिएको हुनसक्छ । तर, आर्थिक अनियमितताको छानबिन गर्ने दायित्व त अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको पनि हो । आयल निगमको अनियमिततामा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत निस्पृह देखिएको छ । सबैले आँखा चिम्ले पनि आयल निगमले देशका विभिन्न भागमा जग्गा खरिद गरेको त सत्य हो । यसरी खरिद गर्दा अनियमितता भएको आरोप लागेको पनि सत्य हो । यसैले राजनीतिक नेतृत्व र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेवास्ता गर्दैमा आयल निगमले जग्गा खरिदका क्रममा अनियमित कार्य नगरेको प्रमाणित हुँदैन ।     

सञ्चार माध्यममा आएका समाचारहरू नक्कली हुन् भनेको भान पर्ने गरी राज्यका सबै अंगका पदाधिकारी निस्पृह देखिएका छन् । प्रधानमन्त्री र आयल निगमको तालुक मन्त्रालयका मन्त्रीको रहस्यमय मौन हेर्दा निगमले जग्गा खरिदै गरेको छैन वा जग्गा खरिद गरेको भए पनि कुनै अनियमितता भएको छैन भन्ने सन्देश दिन खोजिएको देखिन्छ । तर, आयल निगमले खरिद गरेको जग्गाको तस्बिर, पैसा र कोसँग कति पैसामा किनेर कतिमा बेचियो भन्नेसमेत पत्रकारहरूले खुलासा गरिसकेका छन् । यसैले आयल निगमले जग्गा खरिद गर्दा अनियमितता भएको छैन भनेर कसैले पनि पत्याउँदैन । समाचारमा आएका सबै विवरण सत्य नहुन पनि सक्छ । आरोप लाग्दैमा कसैलाई पनि अपराधी भन्न मिल्दैन तर आरोप लागिसकेपछि त्यसको छानबिन त हुनुपर्छ । आरोप लागेपछि अनुसन्धान र कारबाही गर्ने जिम्मेवारी भएका निकायका पदाधिकारी सबै ‘गान्धीका बाँदर’ भइदिने हो भने विधिको शासन उपहासमात्र हुनपुग्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रमा सरकार संसद्प्रति उत्तरदायी भएरमात्र पुग्दैन । जनताका प्रश्नको उत्तर नदिने र कष्टको जिम्मेवारी नलिने सरकारलाई लोकतन्त्रमा शासन गर्ने नैतिक अधिकार हुँदैन । राजनीतिक नेतृत्वले आर्थिक अनियमितता, भ्रष्टाचारजस्ता आरोपलाई यसरी नै सहजरूपमा लिइरहने हो भने शासन भ्रष्टाचारको पर्याय बन्न पुग्छ । अहिलेको जस्तो कपटी उदासीनताबाट सत्ताधारीहरू नै राज्यलाई गैरजिम्मेवार र भ्रष्ट साबित गर्न लागेको त हैनन् भन्ने सन्देह हुन्छ । गैरजिम्मेवारी र भ्रष्टाचार बढाउनै त सरकारले पनि नचाहनु पर्ने हो । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले आफ्नो धर्म छाड्दा पूर्ववर्तिको अवस्था कस्तो भयो भन्ने त बिर्सेका छैनन् नै होला । अनियमितता र  आर्थिक हिनामिनाका यस्ता घटनामा सार्वजनिक लेखा समितिलगायतका संसदीय समिति पनि विगतमा निकै सक्रिय देखिन्थे । तर, अहिले सबै पक्ष रहस्यमयरूपमा मौन रहेको देखिनु आश्चर्यजनक दुर्भाग्य हो । सुतुरमुर्गे मौनले कसैलाई पनि ‘क्लिन चिट’ दिँदैन । बरु, सबैको मिलोमतोको सन्देह पुष्टि हुन्छ । यसैले सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व, संसदीय समितिहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका राज्यका संस्थाहरूले आआफ्नो कर्तव्य पालना गरून् । नत्र, जनताले अनियमिततामा सबैको संलग्नता र सहमति रहेको आरोपमा विश्वास गर्नुपर्ने हुन्छ । ढिलै भए पनि सञ्चार माध्यम र सामाजिक सञ्जालबाट परेको दबाबका कारण हो कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका महाप्रबन्धकसँग सोधपुछ गरेको र कागजपत्र बरामद गरेको समाचार आएको छ । आशा गरौं, कारबाही झारा टार्ने वा जनताका आँखामा छारो हाल्ने प्रकारको हुनेछैन ।       

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC