site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन नभएसम्म सबै नेपालीको हित हुँदैन : उपेन्द्र यादव
Sarbottam CementSarbottam Cement

काठकाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे ।

आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरूको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेर, जलस्रोतलाई विद्युतमा परिणत गरेर र पर्यटनलाई विदेशीको माझ व्यापार बनाउन सक्ने गरी विकास गर्नसक्ने उनले उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

फरक प्रसङ्गमा अध्यक्ष यादवले नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । संविधान निर्माण र जारीदेखि नै आफूहरूले त्यसमा संसोधनको आवश्यकता रहेको बताउँदै आएको चर्चा गर्दै उनले संशोधन नभएसम्म सबै नेपालीको हित नहुने बताए ।

संविधान संशोधन गरेर तराई मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए । संविधानमा गर्ने संशोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुँच स्थापित र अपनत्व महसुस गराउनका लागि हुने उनको भनाइ छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC