site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ऐतिहासिक अवसरबाट चुक्यो नेपाल, भारतलाई आठौँपटक उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक साफको उपाधि जित्ने मौका गुमाएको हो । 

यससँगै भारतले कीर्तिमानी आठौँपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्र र सुरेश सिंह वाङजमले दोस्रो हाफको सुरुमै तथा बैकल्पिक खेलाडी सहल अब्दुल समादले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो । 

१९९३ पाकिस्तानले पहिलोपटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो । पहिलो संस्करणदेखि १३औँ संस्करणसम्म आइपुग्दा नेपालले कहिल्यैपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । धेरैपटक नेपाल प्रतियोगिताको समूह चरणमै सीमित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, यसपटक भने नेपाल पहिलो पल्ट फाइनलमा स्थान बनाउन सफल भयो । प्रतियोगितामा नेपालको यो पहिलो फाइनल थियो भने भारतको यो लगातार आठौँ फाइनल थियो । सबैभन्दा धेरै सातपटक उपाधि जितिसकेको भारतले फाइनल खेलेको यो १२औँ पटक हो । भारतले २००३ मा एकपटक मात्र फाइनल पुग्न सकेको थिएन । तर, भारत आज नेपाललाई ३–० ले हराउँदै १३औँ संस्करणको उपाधि जित्न सफल भयो ।

दोस्रो हाफको सुरुमै सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो । ४९औँ मिनेटम भारतका प्रित्तम कोटलले दायाँ भागबाट दिएको क्रसलाई कप्तान क्षेत्रीले हेडमार्फत पोस्टको दिशा दिएका थिए । 

Global Ime bank

क्षेत्रीको यो ८०औँ अन्तर्राष्ट्रिय गोल हो । अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्नेमा सुनिल पाँचौँ स्थानमा छन् । सक्रिय फुटबल खेल्नेमा क्षेत्री तेस्रो खेलाडी हुन् । क्रिष्टियानो रोनाल्डोले ११५ गोल गरेका छन् । त्यसपछि लियोनल मेसी र क्षेत्रीले बराबरी ८० गोल गरेका छन् । 

क्षेत्रीले गोल गरेको एक मिनेट बित्न नपाउँदै सिरेश सिंहले भारतको अग्रता दोब्बर बनाए । मोहम्मद यासिरको पासमा सुरेश सिंह वाङजमको प्रहार दीनेश राजवंशीको ढाँडमा लागेर गोल भएको थियो । दोस्रो हाफमो इन्जुरीमा समादले अर्को गोल थपिदिएपछि पहिलो पटक उपाधि जित्ने नेपालको सपना चकनाचुर भएको थियो ।

६७औँ मिनेटमा सुनिल क्षेत्रीले अर्को गोल गर्ने राम्रो अवसर खेर फाले । क्षेत्रीले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार नेपालका गोलकिपर किरण चेमजोङले बचाइदिएका थिए । 

७७औँ मिनेटमा नेपालका रोहित चन्दले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो । 

सातौँ मिनेटमा सुमन लामाले हानेको प्रहारलाई भारतका गोल गुरप्रित सिंहले राम्रो बचाउ गरेका थिए । तर, राम्रो नियन्त्रणमा लिन नसक्दा नवयुग श्रेष्ठले हानेको प्रहार बारमा लागेर फर्केको थियो । तर, रेफ्री मजीद अल शमरानीले फउल दिएका थिए । 

त्यसअघि चौथो मिनेटमा नेपालका गोलकिपर किरणकुमार लिम्बुले दुईवटा राम्रो बचाउ गरेपछि भारतले अग्रता लिने राम्रो मौका खेर फाल्यो । भारतका मोहम्मद यासिरले पेनाल्टी क्षेत्रबाट हानेको लामो प्रहार किरणले मुश्किलले बचाएका थिए । किरणले राम्रो किरणले राम्रो नियन्त्रणमा लिन नसकेको बलमा अनिरुद्ध थापाले ६ यार्ड बक्सभित्रबाट हानेको प्रहारलाई पनि किरणले बचाइदिएपछि नेपालको संकट टरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  २२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC