site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् ।

जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उनले दोस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पारे ।

Agni Group

अध्यक्ष दाहालले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राजपालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिदैं “राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ,” भने ।

“प्रदेश नं. २ मा अझै पनि स्थानीय तहको संख्या बढ्न सक्ने सम्भावना छ,”उनले भने, “साउन १७ गते अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ ।” 

Global Ime bank

अध्यक्ष दाहालले संख्या बढ्यो भने राजपाको माग पनि सम्बोधन हुने धारणा व्यक्त गरे ।

प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्न राजनीतिक दलहरू सकारात्मक रहेको बताउँदै उनले “राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने विषयमा तयार छन्,” भने ।

अध्यक्ष दाहालले निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाइरहेको बताउँदै एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझै पनि हामी कसरत गरिरहेका छौं भने । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  ०१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC