site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालले उपाधिका लागि भारतसँग भिड्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतले आज लिग चरणको अन्तिम खेलमा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

नेपालले आजै पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । लिग चरणमा नेपाल भारतसँगै १–० ले हारेको थियो । 

साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । भारतले आठ अंक जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो । भारतसँग पराजित माल्दिभ्सको ६ अंक थियो । भारतले यस प्रतियोगितामा सात पटक उपाधि उचालिसकेको छ । 

Agni Group

भारतले आज ३३औँ मिनेटमा मनवीर सिंहको गोलबाट अग्रता लिएको थियो । उनले ब्रेन्डन फर्नान्डेजको पासलाई दायाँले पहिलो बारमा च्यापेर हानेको सशक्त प्रहारलाई माल्दिभ्सका गोलकिपर मोहम्मद फैजलले रोक्न सकेनन् । 

Global Ime bank

पहिलो हाफको अन्तिम मिनेटमा साविक विजेता माल्दिभ्सका अली अश्फाकले पेनाल्टीमा बराबरी गोल फर्काए । भारतका प्रित्तम कोटलले हमजा मोहम्मदलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि माल्दिभ्सले पेनाल्टी अवसर पाएको हो । 

६२औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले पुनः अग्रता लियो । सुनिलले मनबीरको पासमा दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको सशक्त भलीलाई माल्दिभ्सका गोलकिपर फैजले ठम्याउन सकेनन् । 

सुनिलले ७१औँ मिनेटमा अर्को गोल गर्दै भारतको अग्रता बढाए । उनले कोटलको पासमा हानेको हेडिङ गोलमा परिणत भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा क्षेत्रीको यो ७९औँ गोल हो । सुनिलले त्यसअघि २६औँ मिनेटमा हानेको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्डको सामना गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC