site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा 
तस्बिर : एन्फा ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अञ्जन विष्टले अन्तिम समयमा बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपमा आज बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । यससँगै नेपालले पहिलोपटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ । 

कम्तीमा बराबरी गर्नुपर्ने खेलमा नेपाल नवौँ मिनेटमै १-० ले पछि परेको थियो । तर, खेल सकिन तीन मिनेट बाँकी हुँदा अञ्जनले पेनाल्टीमा बराबरी गोल फर्काएपछि नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बंगलादेशका साद उद्धिनले अञ्जन विष्टलाई फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई अञ्जनले कुनै गल्ती नगरी पोस्टको दिशा दिए । अञ्जनको त्यही गोल नेपाललाई ऐतिहासिक सफलता दिलाउन पर्याप्त बन्यो ।

पहिलो दुई जितेर ६ अङ्क जोडेपनि तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाललाई आज फाइनल पुग्नका लागि कम्तीमा बराबरी गनु पर्ने थियो । बंगलादेशलाई भने आजको खेल जित्नैपर्ने थियो । 

Global Ime bank

तर, नेपालले नवौँ मिनेटमा गोल खाएपछि नेपाल दबावमा परेको थियो । बंगलादेशले सुमोन रेजाले गरेको गोलबाट अग्रता लिएको हो । 

खेलको ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सीमित बनेको थियो । जिकोले पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ उनले सिधै रातो कार्ड पाएका हुन् । उनले अञ्जन विष्टले हानेको प्रहारलाई हातले रोकेका थिए । 

नेपालले अब माल्दिभ्स र भारतमध्ये एकसँग फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आयोजक माल्दिभ्सले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशविरुद्ध आज नेपालले पछिल्लोपटक भारतविरुद्ध खेलेको टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । मनिष डाँगी, सुमन अर्याल, सुमन लामाको स्थानमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठलाई पहिलो रोजाइमा राखिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC