site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर १९ को चुनावको मिति मुख्य निर्वाचन अधिकृतले नै तोक्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । मतपत्र च्यातिएपछि स्थगित भरतपुर महानगरपालिका वडा नं १९ को पुनः निर्वाचको मिति तोक्ने जिम्मा मुख्य निर्वाचन अधिकृतलाई दिने भएको छ ।

मतगणना स्थल कब्जा भएको निस्कर्ष निकाल्दै पुनः निर्वाचनको निर्णय गरेको आयोगले यसअघि जस्तै पुनः निर्वाचनको जिम्मा भरतपुरकै मुख्य निर्वाचन अधिकृतलाई दिएको हो ।

Agni Group

यसअघि वडा १९ का सबै मतपत्र अबैध घोषित गरी मतदान गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि स्थगित भएको थियो । दुई महिनापछि उक्त मुद्दा खारेज गर्ने आइतबार फैसला भएपछि अयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएको भरतपुर १९ मा पुनः मतदातको जिम्मा मुख्य निर्वाचन अधिकृतलाई दिने निर्णय हो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ “भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन एवम् मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिने निर्णय गरिएको छ ।” 

Global Ime bank

पहिलो चरणअन्तर्गत वैशाख ३१ गते निर्वाचन सम्पन्न भरतपुरमा जेठ १४ गते माओावदी केन्द्रका उमेदवार रेणु दाहालका प्रतिनिधिले ९० मतपत्र च्यातेका थिए । 

त्यसपछि स्थगित मतगणनालाई अनधिकृत कब्जा भएको भन्दै मुख्य निर्वाचन अधिकृत र आयोगले खटाएको अनुगमन टोलीको रिपोर्टअनुसार पुनः निर्वाचन गर्ने निर्णय गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC