site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चको फैसलाले जनमतको अपमान गर्‍यो : एमाले
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेले भरतपुर–१९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसलाले जनताको अभिमतको अपमान गरेको निष्कर्ष निकालेको छ । सोमाबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालाकोटमा बसेको एमाले स्थायी कमिटीको बैठकले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् भएको ठहर गरेको हो । यसले जनताको अभिमतको अपमान गर्नुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको एमालेको निष्कर्ष छ ।

त्यस्तै एमालेले भरतपुर महानगरपालिका–१९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै एमालेका पक्षमा अभिमत प्रकट गर्ने विश्वास लिएको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

Agni Group

आज बसेको बैठकले ६ जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको उमेदवार टुंग्याएको छ ।

जसअनुसार दैलेखको प्रमुखमा पे्रमबहादुर थापा, उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा घनेन्द्र मादेन, उपप्रमुखमा देवीमाया नेपाली, सिन्धुपाल्चोकको प्रमुखमा कृष्णगोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, धादिङको प्रमुखमा जगन्नाथ नेपाल, उपप्रमुखमा बिन्दा दराम नेपाली, काठमाडौंको प्रमुखमा शिव वैद्य, उपप्रमुखमा सरिता दाहाल,  सिन्धुलीको उपप्रमुखमा शंकर बर्मा उमेदवार तोकिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC