site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर १९ः सुनसान चितवनमा फेरि चुनावी अभियान सुरु
Ghorahi CementGhorahi Cement

चितवन । मतपत्र च्यातिएपछि अन्यौलमा रहेको चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरी चहलपहल शुरु भएको छ । 
दलका नेताहरु वडा नम्बर १९ मा पुग्न थालेका छन् । नेकपा माओवादी केन्द्रका प्रमुखका उमेदवार रेणु दाहालले सोमबार बिहानै भरतपुर १९ मा पुगेर मतदातासँग भेटघाट शुरु गरिसकेकी छिन् ।  

“हामी सबै भरतपुर १९ मा छौं, चुनावी माहोल नै तातेको चाहिं होईन, भेटघाट शुरु गरेका छौं,” माओवादी केन्द्रका जिल्ला नेता यमबहादुर परियारले भने । यसअघि करिव एक महिना यहाँ दलका नेता कार्यकर्ताहरु भरतपुर १९ मा नगएकाले सुनसान थियो ।

आइतबार सर्वाेच्चले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला गरेपछि त्यसको स्वागत गर्दै रेणु दाहाल बिहानै मतदाता कहाँ पुगेकी हुन् । “फैसला स्वागतयोग्य छ, मतदाताको घरदैलोमा गएर निर्वाचन पनि जित्ने छौं,” उनले भनिन् । 

Agni Group

काठमाडौंमै रहेका एमालेबाट भरतपुर महानगरको प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवाली भने चितवन फर्किँदैछन् । उनले मंगलबारदेखि चुनावी अभियान चलाउने बताए पनि स्थानीय कार्यकर्ताहरु खटिएको एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काको भनाई छ । उनले केन्द्रिय निर्देशनअनुसार अघि बढ्ने समेत बताए ।

ज्ञवालीले फैसलालाई त्रुटीपूर्ण र दुर्भाग्य भएको बताएका छन् । तर पनि जनताको माझमा गएर मत जितेर विजयी हुने दावी उनले गरे । 

Global Ime bank

यसअघि चुनावी अभियान कै क्रममा निर्णय आउने छ भनेर दुवै पक्षले चुनावी अभियान चलाएका थिए । एमालेले भण्डाफोर अभियानको नाममा अभियान चलाएको थियो भने काँग्रेस माओवादीले विगत झैं चुनावी प्रचार अभियान चलाए । 

तर निर्णय ढिला हुँदा दुबै पक्ष एकचरणको अभियान सकेर बसेका थिए । त्यसपछि भरतपुर १९ सुनसान थियो । एकजना मतदाता राजु लम्साल अब चाँडै निर्वाचनको मिति तोकेर चुनाव गरे ढुक्क हुने बताउँछन् । 
उनले सेलाएको भरतपुर १९ मा फेरी नेता कार्यकर्ताहरु जुर्मूराउन थालेको बताए ।

भरतपुर महानगरको काँग्रेस र माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार रेणु दाहाल हुन् । एमाले देवी ज्ञवालीलाई प्रमुख उमेद्वार बनाएर चुनावी मैदानमा उत्रिएको थियो । 

गएको जेठ १४ गते पौने १२ बजे राति भरतपुर १९ को मतगणनाकै क्रममा मतपत्र च्यातिएको थियो । पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । 

गणनाको अन्तिम अबस्थामा पुगेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो । 

आयोगको निर्णयविरुद्ध एमालेले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । एमाले भरतपुर १९ का सदस्यका उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दर्ता गरेका थिए ।
रिट दायर गर्ने गुञ्जमान विक फैसला त्रुटिपुर्ण भए पनि निर्वाचनमा भने जाने बताउँछन् । उनले यो घटनाले आफुलाई दुखित तुल्याएको भन्दै शक्तिको भरमा निर्णय भएको बताए । 

यसअघि एमालेले माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएको थियो भने माओवादीले एमालेले कब्जा गर्न लाग्दा मतपत्रको रक्षा गर्ने क्रममा च्यातिएको दाबी गरेको छ । 

भरतपुर १९ मा १४ गते राति वडा नम्बर १९ को खसेको २ हजार ८९७ मतमा १८०९ मत गनिएको थियो । त्यो बेलामा देवी ज्ञवालीले ४१ हजार  ६४१ मत ल्याएका थिए भने रेणुले ४० हजार ९०८ मत ल्याएकी थिईन् । उनीहरुको मतान्तर ७३३ थियो ।

अन्य थप मतपत्र गन्दै गर्दा मतपत्र च्यातिएको थियो । भरतपुर १९को मतपत्र निर्वाचन आयोगले बदर गरेपछि १९ गन्नुअघिको मतान्तर ७८४ छ ।  भरतपुर २० मा खसेको मत ३ हजार ३०२ थियो । 
३८३६ मतान्तरलाइ घटाउँदै रेणु दाहालले ७८४ मा झारेकी हुन् । भरतपुर १९ र २० बढी काँग्रेसको बाहुल्यता भएको क्षेत्र हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC