site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अक्टोबर २७ मा ५० जना कामदार दक्षिण कोरिया जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । ईपीएस परीक्षा पास गरेर प्रक्रिया पूरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टुबर २७ मा दक्षिण कोरिया जाने भएका छन् । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरेको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा ५० जना नेपाली कामदार आगामी अक्टुबर २७ मा दक्षिण कोरियातर्फ प्रस्थान गर्नेछन् । उनले ११९ जनामध्ये पहिलो चरणमा ५० जनालाई पठाइने र अन्यको भिसा प्रक्रिया सुरु गरिने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरिया जाने कामदारको क्वारेन्टाइन र बिमाका बारेमा देखिएको समस्या समाधान भइरहेको उनले बताए । उनकाअनुसार प्रक्रिया पूरा गरेर बसेका अन्य कामदारको हकमा कोरियाबाट नामसहितको पत्र आएपछि पुनः पठाउन सुरु गरिनेछ । 

बैठकमा मुख्य सचिव शंकरदास बैरागीले कोरिया जानका लागि अहिले कोरियन एयरलाइन्सको मात्र सिधा उडान रहेकोमा निकै महङ्गो पर्ने देखिएको बताए । कामदार आफैँले टिकक काटेर जाँदा लागत चार गुणासम्म महङ्गो पर्न जाने देखिएको उनले बताए । 

Global Ime bank

बैठकमा समिति सदस्यहरूले ईपीएस परीक्षा पास गरेका अन्य कामदारहरूलाई समेत दक्षिण कोरिया पठाउने काममा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC