site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
साझा यातायातमा भ्रष्टाचार गरेको आभियोगमा थुनामा राखिएका हिमाल पत्रिकाका प्रकाशक तथा चर्चित पत्रकार कनकमणि दीक्षितलाई सर्वोच्च अदालतको आदेशले हिरासतमुक्त गरेको थियो । त्यसबेला अख्तियारलाई यसरी नागरिक समाजका व्यक्तिमाथि लगाएको आरोपमा हारको ह्याट्रिक भएको भनेर दीक्षितले टिप्पणी गरेता पनि अख्तियारले हार नमानेको देखिएको छ । केहीदिन पहिले अख्तियारले दीक्षित परिवारको ललितपुरमा रहेको अचल सम्पत्तिका विषयमा प्रश्न गरेको थियो भने त्यस पश्चात कायममुकायम प्रधान न्यायाधीश सुशीला कार्की र दीक्षितकी श्रीमती शान्ता दीक्षित सातपुस्ते नाताभित्र पर्ने समाचार आएको थियो । हिजो अख्तियारले दीक्षित विरुद्धको मुद्दामा एउटा नयाँ चाल चलेको छ । आजका दैनिकहरुको मुख पृष्ठमा सो समाचारले स्थान पाएको छ ।
 
आजको अन्नपूर्ण पोस्टले ‘दीक्षित परिवारको जग्गा अख्तियारद्वारा रोक्का’ शिर्षकमा दोस्रो मुख्य समाचार बनाएको छ । मोरङ जिल्लाको दुलारीमा रहेको ४८ बिघा जग्गा र ताप्लेजुङको निघूराधिन गाविसमा रहेको ५३ रोपनी जग्गाको किनबेचमा अख्तियारले रोक लगाउन भूमिसुधार मन्त्रालयलाई लेखी पठाएको छ । अख्तियारका अनुसार २०१५ सालमा स्थापना भएको जगदम्बा दातव्य औषधालय र मदनधारा समितिका नाममा रहेको संस्था कम्पनी ऐन अनुसार २०७१ मा दर्ता भएको कारण सो को वेच विखन हुनसक्ने भन्दै रोक्काको माग गरेको छ । अख्तियारका अनुसार रानी जगदम्बाको लिखित आदेशको मर्म, भावना र उद्देश्य विपरित कम्पनीमा दर्ता भएको हुनाले उक्त जग्गा रोक्का गर्न निर्देेशन दिईएको हो ।
 
राजधानी दैनिकले भने मुख पृष्ठको मध्य भाग मुनी प्रकाशित समाचारमा दीक्षितको अचल सम्पत्ति रोक्का भन्ने स्लग राख्दै ‘साझामा पक्रिएर हदबन्दी तिर अनुसन्धान’ भन्ने शिर्षक दिएको छ । सो समाचारका अनुसार अख्तियारले दीक्षित परिवारले हदबन्दीभन्दा बढी जग्गा राखेकोतर्फ अनुसन्धान सोझ्याएको भनेर लेखेको छ ।
 
आजको गोरखापत्रले पनि दीक्षित र अख्तियारको समाचारलाई प्रथम पृष्ठको मध्यभागमा ६ कोलम स्थान दिएको छ । रानी जगदम्बाले स्थापना गरेकी जगदम्बा दातव्य औषधालय र मदन शमशेर राणाले स्थापना गरेका मदन धारा समितिको सम्पत्ति सरकारी अधिकार लाग्ने भएकाले र दीक्षित परिवारले कुनैपनि बेला हक हस्तान्तरण गर्नसक्ने भएकोले रोक्का गर्न निर्देशन दिएको पनि गोरखापत्रले जनाएको छ ।
 
यो समाचारलाई हिमालय टाइम्सले तीन पृष्ठको पूछारतीर तीन कोलममा तथा नागरिकले दुई कोलमको पूछारमा दुई कोलममा प्रकाशित गरेका छन् (हिमालय टाइम्सको आजको मुख्य शिर्षकमा व्यवस्थापन हुनुपर्नेमा एक अक्षर छुटेको छ) ।
 
मधेस समस्याको समाधान के ?
 
आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको मुख्य समाचार मधेस समस्याको समाधानका विषयमा केन्द्रित रहेको छ । सो दैनिकले मधेस र जनजाती मोर्चाको मुख्य ६ माग रहेको जनाएको छ । जस अनुसार पुरानो संविधान सभाबाट गठित राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र पुराना सम्झौताको कार्यान्वयन पहिलो माग रहेको छ । त्यस्तै ऐतिहासिक थातथलो कायम भएका जातीय समूहको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्था गरिनु पर्ने र तेस्रो मागमा राज्यका सबै अंग, तह र निकायमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गरिनु पर्ने रहेको छ । चौथो माग जनसंख्याको आधारमा प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने तथा पाँचौ माग नागरिकता प्राप्ति संघीय कानुनमा नभएर संविधानमानै व्यवस्था हुनुपर्ने रहेका छन् । छैठौं माग नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकाय समानुपातिक समावेशी बनाइनुपर्ने छ ।
 
मधेस समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि नयाँ पत्रिकाले विश्लेषकहरू प्राध्यापक कृष्ण पोखरेल, लालबाबु यादव, भोजराज पोखरेल तथा तुलानारायण शाहको विचारलाई महत्वका साथ स्थान दिएको छ ।
 
भूकम्पका नक्कली पीडित
 
कान्तिपुरले आज सात कोलमको मुख्य बनाएको समाचारका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सर्वेक्षणले करिब सवा लाख ‘नक्कली पीडित’ देखिएको छ । गृह मन्त्रालयले अस्थायी आवास, न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको घरसंख्या र सर्वेक्षणमा देखिएको पीडितको संख्यामा देखिएको भिन्नताको आधारमा कान्तिपुरले सो समाचार बनाएको छ । सो दैनिकका अनुसार विस्तृत सर्भेमा पाँच लाख ३२ हजार २३६ घर पूर्ण क्षति भई अनुदान पाउनेको सूचिमा रहेको तर गृहले छ लाख ५६ हजार २०५ लाई राहत बाँडेको छ ।
 
कार्टुन
 
कान्तिपुरले बन्दकर्ता प्रति व्यंग्य गर्दै धर्ना, जुलुस गाह्रो हुन्छ, बन्द गरौं भन्ने सल्लाह राजनीतिक दलमा भइरहेको कार्टुन बनाएको छ । अन्नपूर्ण पोस्टको कार्टुनमा भूकम्प पीडितकोमा नेता गएर राहत माग्नु पुरानै काम भएकाले नयाँ कुरा माग्नु भन्दैछन् । पुरानो र जनताको जीवनमा तात्विक असर पार्ने माग कहिल्यै नपु¥याउने प्रवृत्तिका विरुद्ध यो प्रहार सटिक छ । त्यस्तै राजधानीले सूचनाको हक केवल जनतालाई देखाउनका लागि मात्र रहेको व्यंग्य गरेको छ । अर्थात् सूचनाको हक छ भनेर पनि देखाउने र त्यसलाई सकभर नटेर्ने नेपालका निजामती कर्मचारीको व्यवहारमा यो कार्टुनले राम्रै व्यंग्य गरेको छ ।
 
सम्पादकीय
 
नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायमा वरिष्ठ तथा कनिष्ठ अधिकृत तथा जवानमा अवकाश पाउनु अघिनै पदबाट राजीनामा दिने प्रचलन बढेर गएकोमा नयाँ पत्रिकाको सम्पादकीयले चासो देखाएको छ । गत ११ महिनामा नेपाल प्रहरीबाट १४ सय ४१ प्रहरी अधिकृत र जवानले राजिनामा दिएको प्रसंगबाट यो विषयको महत्व देखिन्छ । सेवामा राजनीतिकरण, काममा हस्तक्षेप तथा वैधानिक सुविधाको कमिका कारण प्रहरीमा राजीनामा दिनेको घुँइचो भएको नयाँ पत्रिकाको ठहर छ । यसबाट मुक्ति पाउनका लागि आर्थिक विकास र समृद्धिको बाटो समाउनुपर्ने र त्यसका लागि राज्य संयन्त्र र संस्थागत विकास भरपर्दो हुनुपर्ने उक्त दैनिकको भनाई रहेको छ ।
 
नागरिकले कर्मचारीले काजमा नगई काज सेवाको दूरुपयोग गर्ने विषयमा सम्पादकीय लेखेको छ । उक्त दैनिकले राष्ट्र सेवकलेनै जुन प्रयोजनका लागि आएको रकम हो त्यसको दुरुपयोग गर्नु अझ सके रकमान्तर गरेर पनि त्यस्तो बजेट सिध्याउनुलाई अत्यन्त गलत हो भन्दै यो चरम भ्रष्टाचार र जनताको सम्पत्तिको लुट हो भनेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता घोषणा गरेको केपी ओलीको सरकारले आफ्नो वचन पुरा गरोस भन्दै देशमा व्याप्त गणेश काज र कुमार काजको अन्त्य होस भनेको छ ।
 
हिमालय टाइम्सले मधेसी र जनजाती संघीय गठबन्धनसँग वार्तागर्नमा अनपेक्षित अलमल भएको जनाएको छ । टाइम्सले आन्दोलनरत दलमा पनि आन्दोलनमा एकमत हुने तर समाधान खोज्ने कुरामा मतभेद हुनु ठिक होइन भनेर टिप्पणी गरेको छ ।
 
राजधानीले विपक्षी दलको रचनात्मक विरोध हुनुपर्ने र सरकारले तिनका मागप्रति संवेदनशील हुनुपर्दछ भन्दै राष्ट्रिय सहमतिको बाटोमा जानुपर्ने टिप्पणी गरेको छ । गोरखापत्रले वनको वैज्ञानिक व्यवस्थापनका विषयमा सम्पादकीय लेखेको छ भने कान्तिपुरले निर्वाचनको वातावरण बनाउनका लागि आव्हान गरेको छ । त्यस्तै अन्नपूर्ण पोस्टले सामाजिक सुरक्षामा सरकारले दायित्व बोध गरोस भनेर सम्पादकीय लेखेको छ ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC