site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डब्ल्युएचओले स्वीकृत गरेका खोपलाई कुनै देशले मान्यता नदिएको भन्दै बोर्डले गरायो ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएको विषयमा ध्यानाकर्षण गराएको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) नेपाल प्रतिनिध डा. राजेश एस. पाण्डवबीचको भेटवार्तामा रेग्मीले संगठको ध्यानाकर्षण गराएका हुन् ।

उनले विश्व स्वास्थय संगठनले सिफारिस र स्वीकृति गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशले मान्यता नदिएजस्तो व्यहार गरेकाले यसबाट अन्तरर्राष्टिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सु:खद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सहयोग निरन्तर रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

"हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौँ । कोभिडको जोखिम अझै कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधी सञ्चालन गर्न आवश्यक छ," उनले भने ।

Global Ime bank

उनले पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेट परिक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।  

बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको बताए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC