site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छाउगोठ भत्काउने कि बनाउने ?

सुदूरपश्चिम नेपालमा छाउपडीका समाचार र लेख संचार माध्यममा आइरहन्छन् । अन्धविश्वासको चपेटामा नेपाली महिलाले भोग्नुपरेको पीडा लेख्नेलाई भन्दा भोग्नेलाई बढी थाहा हुन्छ । त्यस्तो प्रथा नभएका नेपालको अन्य ठाउँका मानिसले सुन्दा पनि दिक्क लाग्ने र आङ्ग जिरिङ्ग हुने स्थिति छ छाउ गोठमा बस्ने महिलाको - रातको सन्नाटामा एक्लै असुरक्षित स्थानमा सुत्नुपर्ने अवस्था । तर, यस्तो अत्याशलाग्दो परिस्थिति जीवनको नियमित चक्र बन्छ त्यो समाजमा । पीडामा पिल्सिएका ती महिलाको मुक्तिका लागि छाउ गोठ भत्काउने गरियो भनेर बेला बेलामा पढ्न, सुन्न पाइन्छ तर सो प्रथा ज्युँकात्युँ रहेको समाचार आउँछ । छाउगोठ भत्काइन्छ कुनै अभियानमा र फेरि ती ठडिन्छन् । 

वर्षौंसम्म यो क्रम चलिरहेको छ । तर, छाउपडी बस्ने प्रथा अन्त्य गर्ने अभियन्ताले एक छिन गमेर लिएर सोच्नुपर्ने देखिन्छ । के गोठ भत्काउनुमात्र समाधान हो र ? मासिक धर्म भएकी एक महिलालाई घरमै सुत्न दिँदा पनि तिनी सायद ढुक्कसँग निदाउन सक्तिनन्। परिवार वा गाउँमा अनीष्ठ हुने हो कि देउता रिसाएर? अनि मलाई गाल पर्ने पो हो कि ? अनि परिवारजनमा पनि त्यही डर हुँदो हो । त्यसैले फेरि गोठ खडा हुन्छ र विवश महिला त्यसमा रात बिताउन राजी हुनुपर्छ । दुःखद घटना भइरहे पनि  छाउपडी प्रथा जारी नै छ र उत्तिकै सशक्त पनि । गोठ भत्काउनुभन्दा पहिला जरुरी हुन्छ मानिसका मनबाट दण्ड दिने भनिएका देउताको डर हटाउन । तर, ती देउता आजका होइनन् । ती देउता उनीहरूका अभिन्न अंग बनेर बसेका छन्  सदियौंदेखि  र ती  भौतिक देहभन्दा बलिया छन् । त्यसैले एक नारी र तिनका परिवार ती बलिष्ठ देउताका सामु लाचार छन् र सधैँ लम्पसार पर्न बाध्य छन् । ती देउता उनीहरूका संस्कारका प्रतीक हुन् र ती देउताहरू एक दुई दिनको वा एकदुई महिनाको अभियानले आफ्ना अबोध भक्तलाई सजिलै छाडेर जानेवाला छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ चेतनाको लहरले ती ठाउँलाई ननुहाएसम्म यो समस्या समाधान होलाजस्तो लाग्दैन । त्यसका लागि समय लाग्छ । नेपालको कानुनले छुवाछुतमा रोक लगाएको ५० वर्षभन्दा बढी भयो । के त्यो अझै निमिट्यान्न भएको छ? मानौं साठी वर्ष लागेका बाउआमालाई पढेलेखेको छोराले - "अब बा आमाले आफ्नो बिचार बदल्नु पर्छ । तपाईँहरूको विचार र संस्कारमा खोट छ" भनेर मनाउन सक्छ? अनि एउटा समाजलाई नै बदल्न छोटो समयमा असम्भव छ । त्यो पनि यथास्थितिमा ! 

त्यसका लागि त नयाँ योद्धा आउनुपर्छ । तिनले पुराना संस्कारलाई कमजोर पारेर नया संस्कारको थालनी गर्नुपर्छ । त्यसका लागि समय र दिगो प्रभाव चाहिन्छ । पहिले त विकासको हावा मज्जासँग चल्नु पर्‍यो जस्ले पुराना देउताको जगलाई हल्लाउन सकोस् । अनि बिस्तारै सामान्य मानिसमा परिवर्तन आउला । "पल्ला गाउँमा त छाउ गोठमा सुत्ने चलन गइसक्यो हाम्रोमा किन?" भन्ने स्थिति आउनु पर्‍यो । तर त्यसका लागि समय लाग्छ । बरु तत्कालका लागि ती देउताका अधीनमा परेका लाचार   महिलाका लागि व्यवस्थित (सुरक्षित झ्यालढोका भएको, भित्रै शौचालय भएको ) छाउ घर बनाइदिए हुन्थ्यो अभियन्ताहरूले । अनि लडे हुन्थ्यो ती देउता विरुद्ध एउटा युद्ध रणनीति तय गरेर । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC