site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेयर बजारमा हरियाली, नेप्से १०५ अंकले बढ्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज)  सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो एक महिना यता लगातार गिरावट हुँदा उच्च विन्दुबाट ५०० अंक भन्दा माथिको करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेमा आज भने ‘बाउन्स ब्याक’ भएको छ ।

 कारोबार सुरु भएको २ घण्टा १५ मिनेट भन्दा माथि जाँदा नेप्सेमा १०० अंक भन्दा माथिको वृद्धि भएको छ । १ बजेर १८ मिनेटसम्म  नेप्से परिसूचक १०५.२८ अंकले वृद्धि हुाँद २८१७.३५ अंकको बिन्दुमा पुगेको छ ।

Agni Group

सुरुवाति समयमा केही मिनेट उताचढाव देखिएर लगातार बढेको नेप्से  पुनः लयमा गएको देखिन्छ । नेप्सेसँगै सबै उपसूचकमा हरीयाली छाएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ३.१४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ८.१ प्रतिशत, विकास बैंक उपसूचक ७.७१ प्रतिशत र हाइड्रोपावर उपसूचक पनि करिब ६ प्रतिशतले बढेको छ ।

Global Ime bank

यो समाचार तयार गर्दै गर्दा नेप्सेमा करिब ६४ लाख ८८ हजार कित्ता सेयर कारोबार हुँदा साढे ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार हुँदा सबै कम्पनीको सेयरमूल्य बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC