site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

डिल्ली पाण्डे

काठमाडौं ।
गएको जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा इमान्दार तथा जेहेन्दार कैदी भन्दै ९ वर्षदेखि थुनामा रहेका १४ जना चोरी डकैतिमा संलग्नलाई सरकारले छोडिदियो, अहिले तिनले गरेको उपद्रवले पुलिसलाई हैरान बनाएको छ ।
गएको दुई महिनामा ३६ चोरीका मुद्दा दायर भएको र ५० जनाभन्दाबढी चोर समातिएका छन् ।

Agni Group

ती समातिएका चोरको बयानका आधारमा प्रहरीले पत्तो लगायो, ज्यादातर चोरीका घटना तिनै गणतन्त्र दिवसका दिन छुटेका १४ व्यक्तिले घटाएका हुन् ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर सोनाम तामाङ, सन्त विक, सुमन केसी, विक्रम कार्की, राजेन्द्र सिलवाल, महादेव परियार, गन बहादुर गुरुङ, गणेश बहादुर राणा, अम्बर थोकर, रामलाल सुइवा, राजकुमार कार्की, विकास स्यान्ताङलाई छाडिदिएको थियो ।
छुट्ने सबैजसो व्यक्ति चोर र डाँकाका नाइके भएका र अहिले तिनैले आफ्ना मातहतका चेलालाई प्रयोग गरेर पुलिसको निद्रा समाप्त पारेका छन् ।
“चोरीको अभियोगमा थुनामा रहेका उनीहरुले जेलभित्रै सञ्जाल विस्तार गरे,” काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले बाह्रखरीसँग भने, “जेलमा रहँदा एकजुट भएर समुह बनाए । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई रिहाई गरियो । अहिले उनिहरु आफैं नाइके बनेर चोरीका लागि विभिन्न व्यक्ति परिचालन गरेको पाइएको छ ।”
एसएसपी थापाका अनुसार दुई महिनाको अवधिमा काठमाडौंमा ३६ ओटा चोरीका मुद्दा दर्ता भएका छन् । चोरीमा संलग्न ५० जना पक्राउ परेका छन् ।
चोरहरुको बिगबिगी भएपछि परिसरले विषेश कार्यदल बनाएर संलग्नलाई पक्राउ गरेको एसएसपी थापाले बताए । उनले भने, “गणतन्त्र दिवसमा छुटेका चोरहरुले नयाँ सदस्य बनाउँदै गए । उनीहरुले नै बनाएको सदस्यहरू अहिले पक्राउ परेका छन् । पक्राउ परेका सबैजसोले नाम लिएपछि अहिले उनीहरुको खोजी कार्य जारी राखिएको छ ।” थापाले चोर पक्राउ गर्न गठन गरिएको कार्यदलले चौविसै घण्टा खोजी जारी राखेको बताए ।
चोरी नियन्त्रण विशेष कार्यदलमा खटिएका प्रहरी अधिकारीका अनुसार गणतन्त्र दिवशमा छुटेका चोरहरुले काठमाडौंमा ५ ओटा सम्म समुह बिस्तार गरेका छन् । उनिहरुले आफूले योजना बनाउने र अरुलाई अघि लगाउने गरेको प्रहरीको भनाई छ ।
फितलो कानुनका कारण चोरी निर्मुल पार्न नसकिएको एसएसपी थापाले बताए ।

उनले बाह्रखरीसँग भने, कमजोर कानुनको फाईदा उठाउदै चोरहरुले यसलाई पेसा बनाएका छन् । “प्रहरीले पक्राउ गर्छ, मुद्धा चलाउँछ, केही समयको सजाय पछि उनिहरुको काम फेरी चोरीनै हो,” उनले थपे । थापाका अनुसार कमजोर र एक्लै थुनामा पुगेका चोरहरुले समेत जेलभित्र बसेर संगठन बिस्तार गर्ने र बाहिर निस्कदा झन शक्तिशाली हुने अवस्था पनि देखिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC